प्रायोजक चाहियो भन्दै जिम्बावेका खेलाडीले फाटेको स्पाइककाे तस्विर राख्दा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 392 पटक हेरिएको

केहि बर्ष अगाडी आर्थिक घोटालाका कारण आइसीसीको प्रतिबन्धमा परेको जिम्बावे क्रिकेट टिमका खेलाडीको अवस्था अझैपनि राम्रो हुन नसकेको एक खेलाडीले सोसियल मिडियामा हालेको तस्विरले देखाएको छ ।

जिम्बावेका खेलाडी रायन बर्लले आफ्नो ट्विटरमा स्पाइक किन्नका लागि सहयोग गर्न भन्दै तस्विर राखेका छन । जसमा उनले आफुलाई स्पाइक किन्नका लागि सहयोग गर्न भनेका छन । सो तस्विरमा फाटेको स्पाइकलाई सिलाउन खोजिएको देखिएको छ ।

यस्तैमा उनले क्याम्पनमा के हामीले प्रायोजन पाउछौ भन्दै प्रश्न राखेका छन । साथै उनले आफुहरुलाई प्रायोजकको आवश्यकता रहेको र हरेक श्रृखंलापछि यसरी स्पाइक सिलाउनु नपरोस भनेर भनेका छन ।

जिम्बावेमा सरकारी हस्तक्षप भएको र क्रिकेटको बजेटलाई अन्यत्र प्रयोग गरेको भन्दै आइसीसीले केहि महिना प्रतिबन्ध लगाएको थियो । तर आइसीसीले खेलाडीलाई भने राहत दिँदै प्रतियोगिता खेल्न अनुमती दिएको थियो । जिम्बावेले यू १९ विश्वकप गुमाएको थियो ।

यतिबेला बर्लको यो तस्विरले सोसियल मिडियामा हंगामा मज्जाएको छ । टिमका अहिले मुख्य खेलाडी रहेका बर्लले नै यस्तो तस्विर राखेपनि जिम्बावे क्रिकेट आर्थिक संकटमा रहेको आंकलन गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey