Mega Bank

नेपाल सुपर लिग खेल्ने अधिकांश विदेशी खेलाडी ‘ए’ डिभिजन लिग खेल्ने योजनामा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 218 पटक हेरिएको

नेपालमा पहिलो पटक आयोजना फ्रेन्चाइजी फुटबल नेपाल सुपर लिग सकिएको एक साता भन्दाबढी भएको छ । वैशाख ११ गतेदेखि जेठ १ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा २० जना विदेशी खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा हरेक टिमले विदेशी खेलाडी राख्न पाउने नियम अनुसार सबै टिमले विभिन्न देशका खेलाडीलाई अनुबन्ध गरेका थिए ।

एनएसएलमा हरेक टिमले कम्तिमा दुई खेलाडीलाई अनुबन्ध गरेको थियो । प्रतियोगिता सकिएपछि अहिले विदेशी खेलाडी के गरिरहेका छन् तरु काठमाडौं रेजर्सले उपाधि जितेको प्रतियोगितामा सहभागि विदेशी खेलाडीमा अहिलेसम्म एक जना फर्किसकेका छन् भने बाँकी नेपालमै रहेका छन् ।

पछिल्लो पटक कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विराटनगर सिटी एफसीका पेद्रो मान्जी फर्किसकेका थिए । उनी एनएसएल सकिएको केहि दिनमै स्वदेश फर्किएका थिए । उडान बन्द हुँदा केहि खेलाडी जान खोजर पनि रोकिएको अवस्था छ ।
एनएसएल खेल्ने खेलाडीको अवस्था के छ त ?

काठमाडौं रेजर्स

एनएसएलको च्याम्पियन बनेको काठमाडौं रेजर्सबाट तीन जना विदेशी खेलाडी थिए । तीनै जनामध्ये दुई जना नेपालमै बस्ने भएका छन् । त्यसमा फोरेन्ट र स्टेफेन समिर रहेका छन् । उनीहरु सहीद स्मारक ए डिभिजन लिग भएको खण्डमा खेल्ने तयारीमा छन् । यस्तै फ्लोरेन्ट भने नेपालबाट नै भुटान जानेछन् । उनी अन्तर्राष्ट्रिय उडानको प्रतिक्षामा छन् । उनीहरुलाई नैकापमा रहेको सिभिल होमको अपार्टमेन्टमा राखिएको छ ।

धनगढी एफसी

एनएसएलको उपविजेता टिम हो धनगढी एफसी । धनगढी एफसीबाट दुई जना विदेशी खेलाडी खेलेका थिए । जसमा अफिज ओलाओले र फ्रांकिलन कुटे टला । दुबै खेलाडी नेपालमा ए डिभिजन लिग भएको खण्डमा मनाङ मस्र्याङदीबाट खेल्ने लगभग पक्का भएको छ ।
एन्फाको आयोजनामा यो बर्ष लिग भएको खण्डमा उनीहरुले मनाङबाट खेल्ने र नभएको खण्डमा स्वदेश फर्किने योजनामा छन् । मनाङले दुबै खेलाडीलाई अनुबन्ध गर्ने पक्का जस्तै छ । तर त्यसका लागि लिग हुन आवश्यक छ ।

ललितपुर सिटी एफसी

नेपाल सुपर लिगमा ललितपुरबाट तीन जना विदेशी खेलाडीले खेलेका थिए । जसमा भिलिम पिस्नोभिक, पिटर सेगुन र नुर्लान नोभोरुजोभ थिए । तीनै खेलाडी अहिले पनि नेपालमै छन् । तीन मध्य दुई खेलाडी भिलिम र नुर्लान अन्तर्राष्ट्रिय उडान सुचारु हुने प्रतिक्षामा छन् । उनीहरुको २४ तारिखका लागि टिकट मिलाउने प्रयास भइरहेको छ । त्यो दिनमा यदि उनीहरु जान नपाएको खण्डमा उडान सुचारु भएपछि मात्रै जानेछन् ।
पिटर भने मच्छिन्द्रबाट लिग खेल्ने तयारीमा छन् । उनी नेपालमा खेल्नका लागि बस्ने तर त्यसका लागि लिग हुनुपर्ने छ ।

बुटवल लुम्बिनी एफसी

बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगमा प्लेअफसम्मको यात्रा तय गरेको थियो । तर प्लेअफमा ललितपुरसँग पराजित भएको थियो । सो टिमबाट प्रतियोगितामा तीन जना विदेशी खेलाडी खेलेका थिए । जसमा विलियम ओपाकु, अर्मान्ड बिडुम र ओमालाजा नुरेन ।
उनीहरु अहिले ठमेलमा बसिरहेका छन् । उनी नेपालमा नै लिग खेल्ने प्रयासमा छन् । बाँकी दुई जना मध्य एक जना घाना फर्किने र एक जना भारत जाने छन् । यसका लागि पनि उडानको नै प्रतिक्षा भइरहेको छ ।

पोखरा थन्डर्स

नबयुग श्रेष्ठ मार्की खेलाडी रहेको पोखरा थन्डर्सबाट तीन जना खेलाडी खेलेका थिए । तीनै खेलाडी नेपालमा विभिन्न गोल्डकप खेल्न आएको अफ्रिकन रुट्स एसोसियसनका खेलाडी हुन । जसमा मौसा अबगान, विदास रिम राफेल र केचा वानिक छन् ।
तीन खेलाडीमा विदास रिम राफेल भने क्यामरुन फर्किने तयारीमा छन् । उनी पनि हवाई उडान सुचारु हुने प्रतिक्षामा छन् । बाँकी दुई खेलाडी च्यासलमा अनुबन्ध हुने कुरा भइरहेको छ ।

विराटनगर सिटी एफसी

विराटनगरबाट पनि तीन जना विदेशी खेलाडी खेलेका थिए । त्यसमा पेद्रो मान्जी, उर्लिच सेवई र एडेलाजा सोमइड थिए । ती मध्ये पेद्रो भने यसअघि नै स्वदेश फर्किसकेका छन् । बाँकी दुई खेलाडीमा उर्लिच हिमालयन शेर्पाबाट र एडेलाजा मनाङबाट ए डिभिजन लिग खेल्ने तयारीमा छन् । यसमा पनि उनीहरु पनि ए डिभिजन लिग भएको खण्डमा नेपालमै लिगका लागि बस्ने नभए फर्किने योजनामा छन् ।

चितवन एफसी

एनएसएलको सर्वाधिक कमजोर टिममा रहेको चितवन एफसी लिगको पुछारमा रहेको थियो । उसले दुई जना इजिप्ट र एक जना युरोपियन खेलाडीलाई एनएसएलका लागि अनुबन्ध गरेको थियो । लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहसँग उमेर समुहमा खेलेका दुई खेलाडीलाई ल्याएको चितवनमा उनीहरुले खासै राम्रो भने गर्न सकेनन् ।

चितवनमा एनएसएलका लागि गोरान जेर्कोभिच, मोहमद अलमेड बोगी र रुडी माबपोक अनुबन्ध भएका थिए । जसमा इजिप्टमा बोगी र सर्वियन खेलाडी गोरान फर्किसकेका छन् । रुडी भने नेपालमा नै छन । उनी ए डिभिजन लिगका लागि हिमालयन शेर्पामा अनुबन्ध हुने योजनामा रहेका छन् ।

नेपालमा रहेका विदेशी खेलाडीको अझै जुलाईसम्मको पेपर रहेको र त्यो बेलासम्म एन्फाले ए डिभिजन लिगको आयोजनाको टुंगो लगाएमा धेरै खेलाडी लिगका लागि बस्नेछन् । यदि लिग हुन नसकेको खण्डमा उनीहरु आफ्नो देश फर्किनेछन् ।

भर्खरै

Advertisement