Mega Bank

खेलकुद महासंघद्वारा खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 124 पटक हेरिएको

नेपाल खेलकुद महासंघले खेलकुद पत्रकारको साझा संस्था नेपाल खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को परिसरमा एक कार्यक्रमकाबीच महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र)लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

महासंघले ‘कोभिड–नो भिड’ अभियान अन्तर्गत फ्रन्टलाइनरको रुपमा अग्रपङ्तीमा खटिने खेलकुद पत्रकारलाई मास्क, सेनिटाइजर, ग्लोभस लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष बस्नेतले कोरोनाका बिषम परिस्थितीमा फ्रन्टलाइनरलाई उपलब्ध गराउने स्वास्थ्य सामाग्री मञ्चलाई समेत हस्तान्तरण गरिएको बताए । मञ्चका अध्यक्ष सुबेदीले पत्रकारहरु सधै जोखिममा रहने उल्लेख गर्दै स्वास्थ्य सामाग्री सहयोगका लागि महासंघलाई धन्यबाद दिएका थिए ।

महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष बस्नेत सहित प्रथम उपाध्यक्ष गोबिन्द भट्टराई, उपाध्यक्षहरु सुभाष श्रेष्ठ, यकेन्द्र कुँवर, प्रभात बिक्रम कट्वाल, महासचिव मेघराज पौडेल, सह–महासचिवद्धय प्रदीप खत्री र नन्दा बस्याल, सचिव उमेश केसी, कोषाध्यक्ष बिनु शर्मा, उपत्यका सचिव केशव वलीको उपस्थिती थियो ।

No description available.

महासंघले अभियान अन्तर्गत देशका ५६ जिल्लामा अग्रपङ्ती खटिने फ्रन्टलाइनरलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । अभियानलाई देशभरका सबै जिल्लामा विस्तार गर्ने लक्ष्य रहेको वरिष्ठ उपाध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

No description available.

No description available.No description available.

भर्खरै

Advertisement