फ्रेन्च लिगकाे उपाधिमा तीन टिमकाे टक्कर, पीएसजीको राजलाई तोड्ने मौका लिललाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 568 पटक हेरिएको

फ्रेन्च लिग वनको विजेताको टुंगो आज राती हुने खेलले लाग्नेछ । यो सिजनको लिगको उपाधिका लागि तीन क्लव दावेदारका रुपमा रहेका छन । शिर्ष तीन टिम लिल, पीएसजी र मोनाकोको खेलले सिजनको लिगको च्याम्पियनको टुंगो लगाउनेछ ।

तीनै क्लवका लागि लिगको अन्तिम खेलमा जित्नु आवश्यक हरेको छ । यस्तैमा लिलले जित निकालेको खण्डमा सजहै विजेता बन्नेछ । पीएसजीले लिग जित्नका लागि लिलले हार वा बराबरी खेल्नुपर्नेछ । यस्तै मोनाकोलाई लिग जित्न लिल र पीएसजीले हार्नुपर्नेछ ।

पछिल्ला आठ सिजनमा सात पटक लिग वन को उपाधि जितेको पीएसजीको एकछत्र राजलाई लिले यसपटक तोड्ने लयमा छ । उसको ३७ खेलमा ८० अंक छ भने पीएसजी भन्दामात्र एक अंकले अगाडी रहेको छ । यस्तै सन् २०१६ र १७ को सिजनमा लिगको उपाधि जितेको मोनाको लिग लिडर लिल भन्दा तीन अंकले पछाडी रहेको छ ।

अघिल्लो सिजनमा कोभिडका कारण लिग सुचारु नहुँदा पीएसजीलाई उपाधि दिइएको थियो । त्यो बेला पीएसजी लिगमा १२ अंकको अग्रताका साथ शिर्ष स्थानमा थियो । तर यो सिजनमा अवस्था निकै फरक रहेको छ ।

यो सिजनमा शिर्ष स्थानको लिललाई उपाधि जित्नका लागि अन्तिम खेलमा जितको विकल्प छैन । तर यदि पीएसजीले बराबरी खेलमा र लिल पराजित भएको खण्डमा गोल अन्तरका आधारमा लिगको विजेताको टुंगो लाग्नेछ । त्यो भएको खण्डमा माउरिसियो पोचेटिनोको टिम पीएसजील उपाधि जित्नेछ । गोल अन्तरमा लिल ४० गोलले प्लस रहेको छ भने पीएसजी ५६ गोलले । यस्तै मोनाको ३४ गोल प्लसमा छ ।

आज राति लिलले एंजेर्स एससिओसँग खेल्दैछ भने पीएसजीले ब्रेस्ट र मोनाकोले लेन्ससँग खेल्दैछ । तीनै क्लवको विपक्षीमा बलियो टिम मोनाकोको लेन्स रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey