Mega Bank

टेष्ट क्रिकेटका ‘जब्बर’ बलर जेम्स एन्डरसनको १८ बर्ष

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 111 पटक हेरिएको

खेलकुदमा करिव ३५ बर्षको हाराहारीमा खेलाडी आफ्नो खेलबाट सन्यास लिने तयारीमा हुन्छन । अझ भनौं खेलकुदमा खेलाडीको औषत उमेर ३५ बर्ष हो । यस्तैमा क्रिकेटमा तिब्रगतिका बलरको उमेर झन त्यो भन्दापनि कम हुन्छ । तिब्र गतिका बलरलाई कुनै चोट लागेको खण्डमा उसको करियर नै धराप हुने गर्छ । तर इंग्ल्याण्डका तिब्रगतिका बलर जेम्स एन्डरसन ३८ बर्षको उमेरमा पनि निकै उत्कृष्ट फर्ममा रहेका छन ।

सन् २००३ को मे २२ मा जिम्बावेविरुद्ध पहिलो टेष्टमा डेब्यु गरेका एन्डरसनको यो विधामा खेलेको १८ बर्ष पुरा भएको छ । ३८ बर्षको उमेरमा पनि उनको बलिङको धारमा कमी आएको छैन । यस्तैमा उनी भारतविरुद्ध अगष्ट र सेप्टेम्बरमा हुने सिरिजमा इंग्ल्याण्डका मुख्य बलर रहेका छन ।

एन्डरसनलाई पनि चोटले नसताएको होइन, तर अरु खेलाडीको तुलनामा उनले चोटलाई पराजित गर्दै आफ्नो रफ्तारलाई कायमै राखेका छन । अधिकांश तिब्रगतिका बलर उमेर बढ्दै गएपछि आफ्नो रनिङ लाइनअपको दुरीलाई कम गर्ने गर्छन । तर एन्डरसनले करियरको सुरुवातमा जती रनिङ लाइनअप गर्थे ३८ बर्षको उमेरमा पनि त्यसलाई कायमै राखेका छन ।

इंग्ल्याण्ड क्रिकेट बोर्डले एन्डरसनलाई फिट राख्नका लागि धेरै वर्कलोड नराखेको भनिएको छ । उनलाई सिम भएको र स्विंग हुने कन्डिसनमा बढि खेलाइएको थियो । यस्तैमा उनको जोडीका रुपमा स्टुवार्ट ब्रोडले पनि उनको लोडलाई कम गरे । टेष्ट क्रिकेटमा एन्डरसन सर्वाधिक विकेट लिने तिब्रगतिका बलर हुन । उनले एक सय ८४ खेलमो ६ सय १४ विकेट लिएका छन । दोस्रो स्थानमा अष्ट्रेलियाका पूर्व खेलाडी ग्लेन म्याग्राथ छन । उनले एक सय २४ टेष्टमा पाँच सय ६३ विकेट लिएका छन ।

करियरमा एन्डरसन सफल हुनुको कारण उनले नयाँ नयाँ स्किलहरु सिक्न कहिलेपनि पछ परेनन् । करियरको सुरुवातमा त्यति राम्रो बलर नरहेपनि उनले समयसँगै आफ्नो स्किलमा विकाश गरे । जसको नतिजा उनी यतिलामो समयसम्म इंग्ल्याण्डको मुख्य बलरका रुपमा रहेका छन ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डलेपनि उनलाई जहिलेपनि साथ दिएको छ । एन्र्डु स्ट्रस, एलेस्टर कुक, जो रुटसहित धेरै कप्तानले पनि उनले नराम्रो गरेको बेला साथ दिए । विशेषगरि एशियाली रिजनमा उनको प्रदर्शन त्यति राम्रो रहेको थिएन । तर पनि उनले टिममा स्थान बनाउनका लागि कहिलेपनि त्रासमा बस्नुपरेन । अहिले एन्डरसन भारतविरुद्ध धेरै विकेट लिने बलर हुन ।

३० जुलाईमा एन्डरसन ३९ बर्षको हुनेछन । यस्तैमा के उनी टेष्टमा सात सय विकेट लिन सक्छन भन्ने कौतुहल बनिरहेको छ । घरेलु मैदानमा यहि समयमा न्यूजिल्याण्डविरुद्ध दुई र भारतसँग पाँच टेष्ट खेल्नेछन । उनी टेष्ट क्रिकेटमा दुई सय खेल खेल्ने खेलाडी भने बन्नेछन ।

यदि सात टेष्टमा उनले सात टेष्टमा ४० विकेट लिएको खण्डमा ६ सय ५० को आसपासमा पुग्नेछन । यस्तैमा उनलाई सात सय विकेट लिने मौका पनि पाउनेछन ।

भर्खरै

Advertisement