प्रिमियर लिगमा आज उपाधि भन्दा च्याम्पियन्स लिग, युरोपा लिग र कन्फ्रेन्स कपमा टिमहरुको ध्यान 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 742 पटक हेरिएको

इंग्लिस प्रिमियर लिगको सिजन आज अन्त्य हुँदै छ ।  म्यानचेस्टर सिटीले यसअघि नै तीन खेल बाँकी रहँदा प्रिमियर लिगको उपाधि भने पक्का गरिसकेको थियो । आजको खेलसँगै औपचारिकरुपमा सिटीले प्रिमियर लिगको ट्रफी उचाल्ने छ ।

सिटी आज एभर्टनसँग प्रतिस्पर्धा गर्ने छ । प्रिमियर लिगमा आज राति एकै पटक नेपाली समय अनुसार पौने ९ बजे १० वटा खेल हुँदैछन् । प्रिमियर लिगबाट यो सिजन फुलह्याम, वेस्टब्रोम र सेफिल्ड युनाइटेड रेलिगेशनमा परिसकेका छन् ।

आजको खेलको नतिजाले उपाधि र रेलिगेशनमा केही प्रभाव नपारे पनि अर्को सिजनको च्याम्पियन्स लिग, युरोपा लिग र कन्फ्रेन्स कपमा खेल्ने छिनोफानो पनि गर्ने भएको छ ।

च्याम्पियन्स लिगका लागि अहिलेसम्म लिग विजेता म्यानचेस्टर सिटी र दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले मात्रै स्थान सुरक्षित गरेका छन् । यस्तोमा अब दुई टिमको टुंगो लाग्न बाँकी रहेकाले चेल्सी, लिभरपुल र लेस्टर सिटी मध्य दुई टिम च्याम्पियन्स लिगमा छनोट हुने छन् ।

त्यसका लागि आज रातिको नजिता भने कुर्नु पर्ने छ । चेल्सीले एस्टोन भिल्लासँग प्रतिस्पर्धा गर्दा लिभरपुलले क्रिष्टल प्यालेस र लेस्टरले टोटनहेमसँग खेल्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey