बार्सिलाेना अन्तिम खेलमा बिजयी हुँदा रेलिगेनसमा पुग्ने तीन टिम फाइनल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 623 पटक हेरिएको

ला लिगामा बार्सिलोनाले सुखद अन्त्य गरेको छ । लिगको अन्तिम खेलमा बार्सिलोनाले इबारलाई एक शुन्यले हरायो ।

यो जितपछि बार्सिलोनाले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८१ औं मिनेटमा एन्टोइन ग्रिजमनले गरेको एकमात्र गोल बार्सिलोनालाई जित निकाल्न पर्याप्त बन्यो ।

लियोनल मेस्सी विना नै मैदानमा उत्रिएको बार्सिलोनाको यो जितले तेस्रो स्थान पक्का भएको छ । यता इबार भने हारपछि रेलिगेसनमा परेको छ ।

 

यो सिजनमा रेलिगेसनमा पर्ने टिममा इबार र रियल भालाडोलिड पक्का भएका छन । यता इल्चेले एथ्लेटिक क्लवलाई दुई शुन्यले हराएपछि हुइस्का रेलिगेसनमा परेको छ । उसले भ्यालेन्सियासँग गोलरहित बराबरी खेल्यो । जसका कारण अन्तिम खेलमा निकालेको जितले इल्चेलाई रेलिगेसनबाट बचाउन सफल भयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey