रियलकाे अन्तिम खेलमा कठिन जित, जिदानकाे सुखद बिदाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 336 पटक हेरिएको

रियल मड्रिड ला लिगामा सुखद अन्त्य गरेको छ । लिगको अन्तिम खेलमा रियलले भिल्ला रियललाई दुई एकले हराउँदै प्रशिक्षक जिनेदिन जिदानको विदाई सुखद गरेको छ ।

यो सिजनपछि रियल छोड्ने बताइसकेका जिदानले अन्तिम खेलमा कठिन जित निकाल्यो ।

खेलको सुरुवातमा आक्रामक देखिएपनि रियलले २० औं मिनेटमा गोल खान पुग्यो । भिल्ला रियलका यरीमी पिनोले गोल गरे । उनले जेरार्ड मोरेनोले डिबक्समा चलाखीपुर्ण तरिकाले दिएको बललाई शुन्दर फिनिस गरे ।

त्यसपछि रियलले ३३ र ३५ मिनेटमा दुई उत्कृष्ट मौका पाएको थियो । तर एक पटक मोड्रिच चुके । पहिलो हाफमा एक गोलले पछि परेको रियलले ५५ औं मिनेटमा गोल गरेको थियो । उसका लािग कासेमेरोले ४० यार्डबाट पठाएको बललाई करिम बेन्जिमाले हेडमार्फत गोल गरेका थिए । तर भिएआरको सहायतामा रेफ्रीले त्यसलाई अफसाइड दिए ।

खेलको अन्तिममा रियलले दुई गोल फर्कायो । खेलको ८७ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई बराबरीमा पुर्याए । ९० मिनेटमा लुका मोड्रिचले गोल गर्दै टिमलाई दुई एकको जित निकाल्यो ।

ला लिगाको उपाधि जित्नलाई रियलले आफ्नो खेल जित्नुका साथै एट्लेटिकोले हार्नुपर्ने थियो । तर त्यसो हुन सकेन । एट्लेटिकोले पनि भालाडोलिडमाथि दुई एकको जित निकाल्यो । जसका कारण दुई अंकले अगाडी रहदै लिग च्याम्पियन बन्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey