काेहलीले पूर्व महिला क्रिकेटर श्रवन्तीकाे बुबाआमाकाे उपचारमा माेटाे रकम सहयाेग

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 410 पटक हेरिएको

भारतीय पूर्व महिला क्रिकेटर केएस श्रवन्तीले कोरोनाका कारण आफ्नी आमालाई गुमाएकी छिन । यस्तैमा उनका पितापनि अहिले कोरोना संक्रमित रहेका छन । श्रवन्तीलाई आमाबुवाको उपचारका लागि क्रिकेट टिमका कप्तान विराट कोहलीले ६ लाख ७७ हजार भारतीयए रुपैयाँ सहयोग गरेका थिए ।

भारतमा महिला क्रिकेटमा कोभिडका कारण आमा गुमाउने श्रवन्ती तेस्रो खेलाडी बनेकी छिन । यसअघि वेदा कृष्णमुर्ती र प्रिया पूनियाले कोरोनाका कारण आमा गुमाएकी थिइन । आमा र बुबालाई कोरोना भएपछि श्रवन्तीले केहि दिन अगाडी भारतीय क्रिकेट बोर्ड र हैदरावाद क्रिकेट संघसँग सहयोग मागेकी थिइन ।

त्यसपछि तेलंगाना सरकारको आइटी विभागका प्रिन्सिपल सेक्रेटरी जयेश रंजन, यस्तै सो राज्यको ब्याटमिन्टन संघका उपाध्यक्ष चर्मुडेश्वरनाथ लगायतले पाँच लाख २८ हजार रुपैयाँ छुट दिलाएका थिए । यस्तै कोहलीले पनि आफ्नो फाउन्डेसनको तर्फबाट सहयोग गरेका थिए ।

खेलाडी हुँदा श्रवन्तीले टी २० क्रिकेटको डेब्यु खेलमा नै उत्कृष्ट बलिङ गर्ने रेकर्ड रहेको छ । जसमा उनले त्यो बेला डेब्यु खेलमा नौ रन दिएर चार विकेट लिएकी थिइन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey