‘लेवान्दाेस्की राेनाल्डाे र मेस्सी भन्दापनि उत्कृष्ट’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 530 पटक हेरिएको

यो सिजनमा ४१ गोल गरेर बुन्डेसलिगामा एकै सिजनमा सर्वाधिक गोल गर्ने पहिलो खेलाडी बनेका रोबर्ड लेवान्दोस्की विश्वको सर्वोत्कृष्ट खेलाडी भएको बार्यन म्युनिखका प्रमुख काल हिन्जले बताएका छन । उनले लेवान्दोस्की लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दापनि उत्कृष्ट रहेको उनले बताए ।

पोल्याण्डका स्ट्राइकर लेवान्दोस्कीले गड मुलरको सर्वाधिक गोलको रेकर्डलाई तोडेका हुन । अघिल्लो सिजनमा फिफा बर्षको उत्कुष्ट खेलाडी बनेका लेवान्दोस्की यो सिजनमा बलुट डी योर अवार्डको प्रमुख दावेदारमा छन । उनले यो सिजनमा ३९ खेलमा ४७ गोल गरेका छन ।

यो सिजनमा लेवान्दोस्कीको अगाडी रोनाल्डो र मेस्सी निकै पछाडी रहेका छन । मेस्सीले ३८ गोल ४७ खेलमा गरेका छन भने रोनाल्डोले ४४ खेलमा ३६ गोल गरेका छन ।

दुबै खेलाडीको क्लवले घरेलु लिगको उपाधि जितेका छैनन् । ३२ बर्षे लेवान्दोस्की पछिल्लो पटक निकै माथिल्लो स्तरमा फुटबल खेलिरहेको बार्यनका प्रमुखले बताएका छन ।

तर पछिल्लो पटक बार्यन क्लवको ट्रान्सफर सिस्टमबाट केहि रुष्ट रहेको बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey