Mega Bank

विदेशी खेलाडीकाे टिमसँगकाे मैत्रीपुर्ण खेलमा नेपाल बिजयी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 304 पटक हेरिएको

इराकसँगको मैत्रीपुर्ण खेल र फिफा विश्वकप छनौटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले नेपाल सुपर लिग खेल्न आएका विदेशी खेलाडीको मिश्रीत टिमसँग अभ्यास खेल खेलेको छ । जसमा नेपाल तीन शुन्यले विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा नेपाली टिमले सहज जित निकाल्यो । नेपाल सुपर लिगमा बिभिन्न टिमबाट खेलेका खेलाडीलाई सम्मिलित गरेर फोरियन टिम बनाएर अभ्यास खेल खेलाइएको थियो ।

फिफा विश्वकप छनौट र इराकसँगको मैत्रीपुर्ण खेलका लागि २३ खेलाडी प्रशिक्षणमा रहेका छन । नेपाली टिम मंगलबार मैत्रीपुर्ण खेलका लागि इराक प्रस्थान गर्नेछ ।

भर्खरै

Advertisement