Mega Bank

द्रुतगतिमा काम भएमा साढे २ महिनामा च्यासल मैदानको काम सकिने, दुबो रोप्दा निकै सुन्दर देखियो (तस्विरमा)

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 383 पटक हेरिएको

ललितपुरको च्यासल स्थित फुटबल मैदानको काम अहिले अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको लगानीमा निर्माण भइरहेको मैदान गत असार मसान्त सम्म सक्ने लक्ष्य लिए पनि विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लम्बिएको थियो ।

तर, अहिले फेरि कोरोनाको महामारीका कारण निषेधाज्ञा हुँदा तीब्र गतिमा भने काम हुन सकेको छैन । अहिले मैदान चाइनिज दुवोले राम्रो भने देखिएको छ । निषेधाज्ञाका कारण दुई जना कामदारले दुवोमा रहेका अन्य घाँसहरु निकाल्ने काम भइरहेको छ । यसैगरी मैदान प्रवेश गर्ने ठाउँमा सरसफाई बाँकी छ भने अहिले विद्युतको काम पनि भइरहेको छ ।

खेलाडीहरुको चेन्जिङ रुम लगायतका भित्रि सरसफाईको काम शुरु भए पनि पुरा हुन केही समय लाग्ने छ । अखिल नेपाल फुटबल संघ एन्फाले उपलब्ध गराएको करिब ४८ रोपनी जग्गामा राष्ट्रिय खेलकुद परिषद् राखेपले ३० करोड लगानी गरेर मैदानलाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको रंशगाला बनाउने लक्ष्य लिएको थियो । १२ हजार दर्शक क्षमता रहने यो मैदान डाँफे, प्रेरा र प्रतिष्ठा जेभिले निर्माण गरिरहेको हो ।

२०७२ साल भदौंमा सम्झौता हुँदा १५ महिनामा यो मैदानको काम सक्ने भनिएकोमा बल्ल तल्ल २०७४ असारबाट मात्रै निर्माण शुरु भएको थियो । मैदानको पूर्व र दक्षिणतर्फ प्याराफिट बढाइएको छ । पश्चिमपट्टि नयाँ संरचना थपिएको छ भने उत्तरमा खाली छ । बागमती नदीको किनार भएकाले वर्षा याममा बाढी रोक्नलाई भने पर्खाल पनि बनाइएको छ ।

हेराै| तस्विरमा

भर्खरै

Advertisement