Mega Bank

बसन्त र पृथु अमेरीकामा बिभिन्न क्रिकेट प्रतियाेगितामा ब्यस्त हुँदै

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 153 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी बसन्त रेग्मी र पृथु बास्कोटा यतिबेला अमेरीकामा रहेका छन । अघिल्लो महिना भएको हुुस्टन ओपन क्रिकेट प्रतियोगिता खेल्नका लागि गएका दुुबै खेलाडी अहिले अमेरीकामा नै एकपछि अर्को प्रतियोगितामा ब्यस्त बनेका छन ।

हुस्टन ओपनमा नेपाली पूर्व खेलाडी मिलेर बनाएको नेपाली राइनोज टिमबाट खेलेका बसन्त र पृथु अहिले डालास प्रिमियर लिगको प्रिमियर डिभिजनको क्रिकेट खेलिरहेका छन ।

हुस्टन ओपनको उपाधि जितेको नेपाली राइनोजले ४० हजार अमेरीकी डलर पाएको थियो । त्यो प्रतियोगिता सकिएपछि केहि समय खाली भएका बसन्त र पृथुले डालास प्रिमियर लिगको प्रिमियर डिभिजनमा डीएफडब्लुु स्टालियन टिमबाट खेलिरहेका छन । उनको टिम प्रतियोगिताको अंक तालिकामा सातौं स्थानमा रहेको छ । उसले अहिलेसम्म खेलेका ६ खेलमा तीन जित, दुुई हार र एक बराबरी खेलेको छ ।

अब स्टालियनको खेल आइतबार रहेको छ । यसका साथै नेपाली राइनोजले क्यालिफोर्नियामा जुलाईमा खेल्ने अर्को प्रतियोगितामा पनि बसन्त र पृथुले खेल्ने बताइएको छ । नेपालमा कोरोनाका कारण निशेधाज्ञा हुँदा दुुबै खेलाडीको अमेरीका बसाई लम्बिने भएको छ । बसन्त र पृथु पछिल्लो केहि समयदेखि राष्ट्रिय टिमबाट बाहिर रहेका छन ।

भर्खरै

Advertisement