Mega Bank

निषेधाज्ञाका बेला पनि त्रिवि क्रिकेट मैदानमा मर्मतकाे काम जारी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 99 पटक हेरिएको

त्रिवि क्रिकेट मैदानमा पिचमा घाँस रोप्न शुरु नेपाल क्रिकेट संघ क्यानले निषेधाज्ञाका बेला पनि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आफ्नो कामलाई निरन्तरता दिएको छ ।

निषेधाज्ञाले गर्दा सहजरुपमा आउ जाउ गर्न नमिल्ने भए पनि क्यानले सिमित कर्मचारीलाई खटाएर पिच निर्माणको काम अघि बढाएको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ८ वटा पीच मध्य ६ वटा पिच तयार भएको नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिए । अब बाँकी रहेका २ वटा पिच पनि चाँडै तयार हुने कोषाध्यक्ष सिंहले बताए ।

लामो समयदेखि पिच मर्मत हुनसकेको थिएन । अहिले निषेधाज्ञाको समयमा गेमहरु नहुने भएकाले पिच मर्मत गरिएको हो । पिचमा माटो हाल्नु पर्ने अवस्था रहेको थियो । त्रिवि क्रिकेट मैदानको पिच निर्माणका लागि नुवाकोटबाट माटो ल्याउने तयारी गरिए पनि अन्तिम समयमा त्यहीको माटो हालिएको छ ।

कोषाध्यक्ष सिंहले भने ‘निषेधाज्ञाले गर्दा पिचमा हाल्ने माटो हामीले नुवाकोटबाट ल्याउन सकेनौं, अहिले क्रिकेटको बाहिर प्यारपिटको साइटबाट माटो निकालेर हालेका छौं ।’ त्रिबीको पिचमा अहिले पनि पुरै माटो फेर्नु पर्ने भइसकेको छ । झण्डै १० बर्ष अघि बनेको पिचमा नयाँ माटो हालेर घाँस रोप्ने लगायतका काम गर्न भने झण्डै तीनदेखि चार महिना लाग्छ ।

भर्खरै

Advertisement