मेस्सी अर्काे सिजनमा बार्सिलाेनामा देखिएलान ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 477 पटक हेरिएको

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले यो सिजनको अन्तिम खेल यसअघि नै खेलिसकेको र उनी अहिले छुुट्टिमा पनि गइसकेका छन । लिगको अन्तिम खेलका रुपमा रहेको इबारविरुद्ध उनी नखेल्ने भएपछि उनले लिग सकिदै बिदामा गइसकेका छन । त्यसपछि उनी अर्जेन्टिनामा हुने कोपा अमेरीकाका लागि जानेछन । तर कोपा अमेरीकापनि अर्को महिनाबाट हुने नहुने एकिन छैन । किनकी अर्जेन्टिनामा फुटबल गतिविधी अनिश्चित समयका लागि स्थगित गरिएको छ । तर यता बार्सिलोनामा मेस्सी फेरी देखिने हुन वा होइनन् भन्ने चर्चा सुरु भएको छ ।

अघिल्लो बर्ष क्लवसँगको विवादका कारण एक सिजनमात्र खेल्ने बताएका मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिदैछ । यस्तैमा उनी अर्को क्लव जाने कुनै पुष्टि भएको छैन । मेस्सीले भने आफ्नो बाटो तताइसकेको बताइएको छ । केहि समय अगाडी मेस्सीका पिता तथा एजेन्टले बार्सिलोनाका अध्यक्षसँग बैठक गरेका थिए । तर त्यो बैठकपछि मेस्सीको भविष्यमा बार्सिलोनामा के हुन्छ भन्ने ठोस निर्णय आएको छैन ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमनलेपनि कप्तानको महत्व टिमलाई निकै भएको तर उनको भविष्य अझै एकिन नभएको बताइसकेका छन । बार्सिलोनाले नेयमरा र हालान्डलाई भित्र्याउने कुरापनि अहिलेका लागि असम्भव ठानेको छ । यस्तैमा सर्जियो अगुइरोलाई ल्याउने तयारी गरेको छ ।

मेस्सीलाई ल्याउनका लागि पीएसजी र म्यानचेस्टर सिटी निकै इच्छुक देखिएका छन । पीएसजीले मेस्सीलाई यसअघि नै अनौपचारीक रुपमा अफर पनि गरिसकेको बताइएको छ । यस्तै सिटीपनि मेस्सीको निर्णयको प्रतिक्षामा रहेको छ । तर मेस्सीले अब कुन बाटो समात्छन भन्ने अझै एकिन भएको छैन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal