विश्वकप दुई दुई बर्षमा गर्न फिफाले अध्ययन गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 369 पटक हेरिएको

विश्व फुटबल महासंघ फिफाले विश्वकप फुटबल आयोजनाको मिती परिवर्तन गर्ने विषयमा अध्ययन गर्ने भएको छ । हाल हरेक चार बर्षमा आयोजना हुँदै आएको विश्वकप अब दुई बर्षमा गर्न सकिने संभावनाका विषयमा अध्ययन सुरु गर्ने भएको छ ।

फिफाका अध्यक्ष जियोनी इन्फान्टिनोले फिफाको कंग्रेशमा विश्वकप दुई दुई बर्षमा गर्न सकिने संभावनाका बारेमा अध्ययन गर्ने भएको हो । कंग्रेशपछिको पत्रकार सम्मेलनमा फिफाले फुटबललाई बढि प्रमोट गर्नका लागि विश्वकप दुई दुई बर्षमा गर्न सकिने संभावनाको अध्ययन गरिने बताए ।

उनले अन्तराष्ट्रिय क्यालेन्डरलाई कसरी ब्यवस्थापन गरेर विश्वकपका लािग समय निकाल्न सकिन्छ भन्नेमा फिफाले अध्ययन गर्ने बताएका छन । समर्थकले धेरै भन्दा धेरै प्रतियोगिता र खेलहरु हेर्न चाहेको र त्यसका लागि फिफाले अध्ययन गर्ने बताए ।

यसका साथै इन्फान्टिनोले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा भन्दा सन् २०१८ मा भएको रसिया विश्वकपमा बढि रेभेन्यू आर्जन भएको बताएका छन । ब्राजिल विश्वकपमा ४.८ बिलियन डलर रेभेन्यु उठेकोमा रसियामा करिव ६ विलियन रेभेन्यु सिर्जना भएको बताए । जुन फिफाको आम्दानी रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey