६ बलमा ६ छक्का प्रहार गर्ने सूचीमा अरिथरन पनि समावेश

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०७
  • |
  • 580 पटक हेरिएको

अरिथरन वसीकरण ६ बलमा ६ छक्का प्रहार गर्ने खेलाडीको सूचीमा समावेश भएका छन् ।

३४ बर्षिय वसीकरणले शुक्रबार युरोपिन क्रिकेट सिरिज (इसीएस) टी १० क्रिकेटमा बायर उर्डिगन बूस्टर्सका लागि कोल्न च्यालेन्जर्सविरुद्ध यस्तो रेकर्ड बनाएका हुन् ।

वसीकरणले ६ बलमा ६ छक्का पारिको पाँचौं ओभरमा प्रहार गरेका थिए । उनले बलर आयुष शर्माको बलिङमा लगातार छक्का प्रहार गरेका थिए । आयुषले यो ओभरमा ३६ रन दिएका थिए ।

वसीकरणले आफ्नो पारिमा ७ छक्का र तीन चौका प्रहार गरेका थिए । आठौं ओभरमा उनी आउट हुन पुगे । वसीकरणले ६१ रन बनाएको पारिमा उनको टिमले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

अहिलेसम्म गेरी सोबर्स, रवि शास्त्री, युवराज सिंह, हर्सल गिब्स, जोर्डन क्लार्क, किरोन पोलार्ड, रविन्द्र जडेजा, रस विटिली, हरजतुल्लाह जजई, लियो कार्टर, र किरोन पोलार्डले प्रहार गरेका छन् ।

किरोन पोलार्डले मात्रै दुई पटक ६ बलमा ६ छक्का प्रहार गरेका छन् । उनले २०१४ को विगबास लिगको वार्म अप म्याचमा प्रहार गरेका थिए भने सन् २०२१ मा श्रीलंकाविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal