Mega Bank

इंग्ल्याण्ड र आयरल्याण्डबाट खेलेका रानकिनद्वारा खेलाडी जीवनबाट सन्यास

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०७
  • |
  • 171 पटक हेरिएको

इंग्ल्याण्ड र आयरल्याण्डबाट अन्तराष्ट्रिय क्रिकेट खेलका बोएड रानकिनले खेलाडी जीवनबाट सन्यास लिएका छन ।

३६ बर्षे बोयडले शुक्रबार खेलाडी जीवनबाट सन्यासको घोषणा गरेको जानकारी दिएका हुन । तिब्रगतिका बलर बोयडले आयरल्याण्डबाट केहि कीर्तिमान पनि बनाएका थिए । ६ फिट सात इन्च अग्ला बोयड एक क्रिकेट परिवारमा हुर्किएका थिए । उनका दुई दाई भाई रोबेर्ट र डेविडले आयरल्याण्डको यू १९ स्तरबाट खेलेका थिए ।

सन् २००७ मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले सन् २००७ को विश्वकपमा लाइमलाइट पाएका थिए । उनले सो प्रतियोगितामा १२ विकेट लिएका थिए । जसमा उनले पाकिस्तानविरुद्धको खेलमा तीन विकेट लिन सफल भएका थिए । सो खेलमा उनको टिम आयरल्याण्ड विजयी भएको थियो ।

उनले त्यसपछि सन् २०१२ सम्म करियरमा फर्किएर हेर्नुपरेन । त्यसपछि उनले इंग्ल्याण्डबाट खेलेका थिए । उनले इंग्ल्याण्डबाट तीनै विधाका खेलमा प्रतिनिधित्व गरेका थिए । जसमा उनले एसेस टेष्टपनि खेलेका थिए ।

उनले आयरल्याण्ड र इंग्ल्याण्डबाट कुल ७५ एकदिवसिय, ५० टी २० र तीन टेष्ट खेलेका छन ।

भर्खरै

Advertisement