राष्ट्रिय टिममा कति छिटो फर्किन्छु भन्ने मेरै हातमा रहेको छ-विक्रम लामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०७
  • |
  • 899 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामा शल्यक्रियापछि मैदान उत्रिएका छन् । पटक पटक घाइते हुँदै र सल्यक्रिया गर्दै आएका लामा पछिल्लो समय कतारबाट उपचार गरेर नेपाल फर्किएका थिए । मंसिरमा भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण प्रतियोगितामा उनको चोट बल्झिएपछि अखिल नेपाल फुटबल संघ एन्फाको पहलमा कतार पुगेर उपचार गरेका थिए ।

बिहीबार भने उनी दशरथ रंगशालामा नेपाली टिमसँगै अभ्यासमा फर्किएका थिए । तर, उनलाई टिममा भने मिसाइएको थिएन । अहिले फिजियो थेरापीकै चरणमा रहेका लामालाई नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको निर्देशनमा फिजियो आविश्कार पुडासैनीले अभ्यास गराएका थिए । २०७४ सालमा बुढासुब्बा गोल्डकप खेल्दा थ्रि स्टारको कप्तानी गरेका लामा पहिलो पटक घाइते भएका थिए ।

दाहिने घुँडामा चोट लागेपछि त्यतिबेला उनको ग्राण्डी इन्टरनेशनल अस्पतालमा डा. चक्रराज पाण्डेले शल्यक्रिया गरेर फेरि मैदानमा फर्किएका थिए । त्यसपछि झण्डै डेढ बर्ष नेपाली टिमबाट फुटबल खेलेका लामाको उपचार कतारले नै आफ्नै देशमा लगेर अस्पेटारमा शल्यक्रिया गरेको थियो । विक्रमले नेप्लेजसँगको कुराकानीमा एक दुई महिनामा पुर्ण रुपमा फिट भएर मैदानमा फर्किने बताएका छन् ।

उनले अहिले खेलका बेला जुध्दा हुने संभावित समस्यामा ध्यान दिइरहेको र त्यसैको अभ्यासमा जुटिरहेको बताए । उनले कति चाँडो मैदानमा फर्किने भन्ने जिम्मा आफ्नै हातमा रहेको र नयाँ प्रशिक्षक अब्दुल्लाहले निकै राम्रो साथ दिइरहेको धारणा राखे । पछिल्लो केहि महिनादेखि मैदान बाहिर रहेका विक्रम अहिले राष्ट्रिय टिमसँगै प्रशिक्षण गरिरहेका छन । तर उनले टिमसँग भन्दापनि एक्लै कन्ट्याक्ट प्रशिक्षण गरिरहेका हुन् । हेरौं विक्रमले गरिरहेको यो अभ्यास ।

 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal