बिराटनगरका प्रशिक्षक यान ल ले एनएसएलमा पाएकाे तलव नेपाल र भारतमा काेराेनाविरूद्ध खर्चिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०६
  • |
  • 659 पटक हेरिएको

नेपाल सुपर लिगमा विराटनगर सिटी एफसीको प्रशिक्षकका रुपमा काम गरेका विराटनगर सिटी एफसीका भारतीय प्रशिक्षक यान ल ले प्रतियोगिताबाट आएको तलव कोरोनाविरुद्ध लड्नका लागि सहयोग गर्ने घोषणा गरेका छन ।

ल ले आफ्नो सोसियल मिडियामा आफुले पाउने तलव नेपाल र भारतमा कोरोना विरुद्ध लड्नका लागि सहयोग गर्ने बताए । उनले सो रकम नेपाल र भारतमा बराबरी रुपमा बाढ्ने बताए । उनले एनएसएलमा तीन लाख भारतीय रुपैयाँ तलवमा सम्झौता गरेको बताइएको छ ।

सो रकम उनले ५०–५० प्रतिशत बाढ्ने भएका छन । एनएसएलका बेला विवादास्पद प्रशिक्षकका रुपमा रहेका यान ल ले ललितपुरविरुद्धको खेलमा चार शुन्यको हार ब्यहोर्दा विचमा खेलाडीलाई मैदान बाहिर फर्काएका थिए । उनले रेफ्रीको निर्णयमा पुरै प्रतियोगितामा आलोचना गरेका थिए ।

प्रतियोगितामा विराटगर लिग चरणबाट नै बाहिरीएको थियो । रञ्जित धिमालको कप्तानीमा खेलेको विराटनगरले अन्तिम दुई खेलमा हार ब्यहोर्दा प्रतियोगिताबाट बाहिरीनु परेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey