Mega Bank

सर्वाेच्चकाे फैसलापछि गैर सांसद खेलकुदसहित सात मन्त्री पदमुक्त

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०६
  • |
  • 182 पटक हेरिएको

संघीय संसदमा कुनै पनि सदनमा सदस्य नरहेका सात जनामन्त्रीहरु पदमुक्त भएका छन् । वैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएपछि उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी थिइन् ।

पुरानै मन्त्रीहरुलाई निरन्तरता दिइए पनि संघीय संसदको कुनै पनि सदस्य नभएकाले उनीहरुको सपथ नै विवादमा परेको थियो । सपथ ग्रहण गरेका सात जना गैर सांसदमन्त्रीहरुको विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र खेलकुदमन्त्री दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि काम कारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतको आदेशपछि गृह, उर्जा, जलस्रोत तथा सिञ्चाइ, युवा तथा खेलकुद, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, श्रम र खानेपानी मन्त्रालय मन्त्रिविहीन भएको छ ।
बादल गृह, रायमाझी उर्जा, भट्ट उद्योग, साह शहरी विकास, चौधरी श्रम, थापा खानेपानी र लामा खेलकुद मन्त्री थिए ।

संसद सदस्य नरहेको व्यक्तिलाई दोहोर्‍याएर मन्त्री बनाउनु संविधान विपरीत हुने भन्दै अधिवक्ता विराज थापा र अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

खेलकुदमन्त्री दावा तामाङकाे सपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

संविधानमा गैरसांसद मन्त्री बनेमा ६ महिनाभित्र संसद सदस्य भइसक्नुपर्ने व्यवस्था छ । तर एक पटक मन्त्री भएको व्यक्ति ६ महिना भित्र कुनै एक सदनको सद्यय हुन नसकेमा स्वतः पद रिक्त हुने प्रावधान रहेको छ ।

उक्त व्यक्ति सोही संसदको कार्यकाल अवधिभर फेरि दोहोरिएर मन्त्री हुन पाउने व्यवस्था संविधानमा छैन । यदि प्रधानमन्त्रीले वैशाख ३१ गते सपथ नगरेर पुरानै सरकारले निरन्तरता पाएको भए पनि गैर सांसदहरुको कार्यकाल जेठ १० गते सकिने थियो । उनीहरुलाई केपी ओलीले पहिलो पटक पुस १० गते मन्त्री बनाएका थिए ।

भर्खरै

Advertisement