आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ का लागि युएईमा रहेको नेपाली टिमले दोस्रो अभ्यास खेलमा नयाँ डिजाइनको जर्सी लगाएको छ ।
नेपालको राष्ट्रिय झण्डाको रंगमा नेपाली टिमको नया जर्सी रहेको छ । नयाँ जर्सीमा मुख्य भाग रातो रंगको छ भने किनारको आकासे निलो छ।
नेपाली टिमले करीव एक वर्षपछि जर्सी परिवर्तन गरेको हो । यसअघि हङकङ र युएईमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको भन्दा यो जर्सी पुर्ण रुपमा फरक रहेको छ ।
टिमलाई नयाँ जर्सी नामिबियामा हुने आइसिसी विश्वक्रिकेट लिग डिभिजन–२ का लागि डिजाइन गरिएको हो।
पछिल्लो केहि वर्षदेखि नेपाली टिमको जर्सी भारतिय कम्पनी टी–१० ले गर्दै आएको छ।
नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि नेपालको जर्सी लगायतको व्यवस्थापन आइसिसीले गर्दै आएको छ । नेपाली टिमको एक पटकको किट्सका लागि ४ लाख रुपैयाँ खर्च हुन्छ।
अब नेपाली टिमले नामिवियामा नयाँ जर्सीका साथ मैदानमा उत्रनेछ । जसमा शिर्ष दुई स्थानमा पुग्न सकेमा २०१९ को विश्वकप छनोट खेल्न पाउनेछ ।
नयाँ जर्सी
पुरानो जर्सी