Mega Bank

श्रीलंका टुरमा भारतकाे प्रशिक्षक द्रविड

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०६
  • |
  • 160 पटक हेरिएको

भारतीय पूर्व कप्तान राहुल द्रविड श्रीलंका टुरका लागि टिमको प्रशिक्षक बनेका छन ।

क्रिकेट सम्बन्धी वेबसाइट क्रिक इन्फोले जनाए अनुसार बीसीसीआईले श्रीलंका टुरका लागि द्रविडले जिम्मेवारी पाएका छन । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक रवी शास्त्री इंग्ल्याण्ड टुरमा जाँदैछन ।

उनी अनुपस्थित हुने भएपछि बीसीसीआईले यो सिरिजका लागि नयाँ प्रशिक्षक पठाउने छ । जसमा द्रविड चयन भएका छन । भारतले श्रीलंकासँग तीन एकदिवसिय र तीन टी २० खेलको सिरिज खेल्ने तालिका छ । यो सिरिज जुलाई १३ देखि २७ सम्म हुनेछ ।

द्रविडले भारतको ए टिम र यू १९ टिमको प्रशिक्षक भइसकेका छन । द्रविड अहिले नेशन्ल क्रिकेट एकेडेमीको प्रमुखका रुपमा पनि रहेका छन ।

श्रीलंका भ्रमणमा भारतले जुलाई १३, १६ र १९ मा तीन एकदिवसिय खेल खेल्नेछ भने जुलाई २२, २४ र २७ मा तीन टी २० खेल्ने तालिका छ ।

भर्खरै

Advertisement