अस्ट्रेलियामा रहेका पाल्पाका अमित ज्ञवाली क्रिकेटमा अघि बढ्दै 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०६
  • |
  • 1047 पटक हेरिएको

पाल्पाका अमित ज्ञवाली यतिबेला अस्ट्रेलिया छन् । अध्ययनको शिलशीलामा रहेका ज्ञवालीले आफ्नो बाल्यकालदेखिकै इच्छालाई पनि मर्न दिएका छैनन् । नेपाल कर्मस क्याम्पसबाट एमबीए गरेका ज्ञवालीले अहिले पनि अध्ययन र क्रिकेट करियरलाई पनि निरन्तरता दिइरहेका छन् ।

हालै एडिलेडमा भएका क्लबस्तरीय क्रिकेट प्रतियोगिता एक्सपर्ट एनसीए लिग २०२१ मा उनको प्रदर्शन उत्कृष्ट रह्यो ।  हिमालय ओरिर्स क्रिकेट क्लबबाट फाइनलसम्म खेलेका ज्ञवालीको टिम उप विजेता बने पनि उनी भने प्रतियोगिताकै मोस्ट भ्यालुएबल प्लेयर बन्न सफल भयो । उनी आफ्नो टिमका कप्तान समेत हुने भने उनले प्रतियोगिताभर तीन अर्धशतकसहित कुल ३२९ रन बनाएका थिए ।

विसं. २०४६ सालमा पाल्पमा जन्मिएका ज्ञवाली नेपालमा रहँदा पनि राम्रो क्रिकेट खेल्ने खेलाडी हुन् । उनले डिमर्स, फ्रेन्स, हाम्रो क्रिकेट टिम तथा पाल्पाली क्रिकेट प्लेयर्सबाट पनि कप्तानी गर्दै धेरै नै प्रतियोगिता खेलेका थिए ।

ज्ञवालीकै कप्तानीमा पाल्पाले भैरहवालाई यु १९ मा पराजित गर्दै उपाधि जितेको थियो । भने विरगञ्जमा सन् २०११ मा भएको एम जी ट्रफीमा क्षेत्र नम्बर चार भैरहवाबाट सहभागीता जनाउँदै उपाधि जित्दा महत्वपूर्ण सदस्यका रुपमा रहेका थिए ।

अध्ययनका लागि अहिले आफू अस्ट्रेलियामा रहे पनि आफ्नो पहिलो प्राथमिकता क्रिकेट नै रहेको नेप्लेजलाई ज्ञवालीले प्रतिक्रिया दिएका छन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey