एसीसी एशिया कपः २०२२ र २३ मा लगातार दुई संस्करण हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०६
  • |
  • 306 पटक हेरिएको

श्रीलंकामा हुने भनिएको एसीसी एशिया कप फेरी स्थगित भएको छ । कोभिडका कारण यो प्रतियोगिता एक बर्षका लागि स्थगित भएको जनाएको छ ।

यसअघि पाकिस्तानमा हुने भनिएको प्रतियोगिता कोरोनाका कारण श्रीलंकामा सारिएको थियो । तर अहिले आएर फेरी प्रतियोगिता स्थगित भएको एसीसीले जनाएको छ । प्रतियोगिता श्रीलंकामा जुनको अन्तिममा हुने तालिका थियो ।

यो प्रतियोगिताका लागि नेपाली टिमको सहभागिता भने समाप्त भइसकेको थियो । थाइल्याण्डमा भएको एसीसी इष्टर्न रिजन च्याम्पियनसिपमा नराम्रो प्रदर्शन गरेपछि नेपाल एशिया कपबाट बाहिरीएको थियो ।

याे प्रतियाेगिता एक बर्षका लागि स्थगित भएपछि सन् २०२२ र २३ मा लगातार दुइ संस्करण हुने भएका छन । जसमा २०२२ मा फेरी पाकिस्तानले गर्नेछ भने २०२३ मा श्रीलंकामा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey