Mega Bank

भारतीय महिला क्रिकेट खेलाडीकाे केन्द्रिय सम्झाैताकाे सूची नै घटाइयाे

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०५
  • |
  • 232 पटक हेरिएको

 

भारतीय क्रिकेट बोर्डले महिला खेलाडीको केन्द्रिय सम्झौता सार्वजनिक गरेको छ । जसमा बोर्डले यसअघि २२ खेलाडीको सूचीलाई घटाएर १९ मा झारेको छ । जसमा बोर्ड भेदा कृष्णमुर्ती, अनुजा पाटिल र हेम्लाथालाई केन्द्रिय सम्झौताबाट हटाएको छ ।

बोर्डको नयाँ सम्झौता अनुसार सेफाइली बर्मालाई सी श्रेणीबाट बी श्रेणीमा बढुवा गरिएको छ । जुन यो सम्झौताको मुख्य हाइलाइट्स रहेको छ । बीसीसीआईले यो सम्झौतामा रिचा घोषलाई केन्द्रिय सम्झौतामा राखेको छ ।

नयाँ सम्झौता अनुसार ए श्रेणीमा हरमनप्रित कोर, स्मृती मन्दाना, पुनम यादव छिन । उनीहरुले मासिक ५० लाख भारतीय रुपैयाँ तलव पाउनेछिन ।

यस्तै बी श्रेणीमा मिथाइली राज, झुलान ग्वास्वामी, दिप्ती शर्मा, पुनम राउत, राजेश्वरी गायाकवाद, सेफाइली बर्मा, राधा यादव, शिखा पाण्डे, तनीया भाटिया र जेमिमाह रोद्रिगुइज रहेकी छिन । यो सूचीमा हुने खेलाडीले मासिक २० लाख भारतीय रुपैयाँ पाउनेछिन ।

सी श्रेणीमा मान्सी जोशी, अरुनधाती रेडी, पुजा बत्राकर, हेरलन दियोल, प्रिया पुनीया र रिचा घोष रहेकी छिन । यो श्रेणीमा हुने खेलाडीले मासिक १० लाख तलव पाउनेछन ।

भर्खरै

Advertisement