कता हरायो फुटबलमा खेलाडीको जीपीएस प्रविधि, बुझ्नेको कमी कि इच्छुक नहुने बढी ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०५
  • |
  • 913 पटक हेरिएको

विश्व फुटबलमा धेरै जसो क्लव र राष्ट्रिय टिमले आफ्ना खेलाडीको प्रदर्शनलाई बढाउन तथा उनीहरुको फिटनेस स्तरलाई बृद्धी गर्नका लागि जिपीएस ट्रयाकर सिस्टमको प्रयोग गरिरहेका छन । यो सिस्टमले कुन खेलाडीले कतिको मेहेनत गरेको छ भन्ने प्रष्ट देखाउछ ।

प्रिमियर लिग क्लव, म्यानचेस्टर युनाइटेड, लिभरपुल लगायत आधा दर्जन क्लवले जिपीएस ट्रयाकिङ सिस्टमलाई ल्याएका थिए । यतिमात्र होइन, बेल्जियम, जर्मनी, ब्राजिल, इंग्ल्याण्ड जस्ता देशलेपनि यो सिस्टमलाई प्रयोग गरिरहेका छन ।

आधुनिक फुटबलमा खेलाडीको प्रदर्शनलाई बढाउनका लागि यो सिस्टमले निकै राम्रो रोल खेलेको देखिएको छ । यो सिस्टमले कुन खेलाडीको मेहेनत कति छ भन्ने पुर्ण डाटा सहित देखाउछ । यतिमात्र होइन, खेलाडीको चोटको बारेमा पनि जानकारी दिने गर्छ । विश्व फुटबलमा अहिले मुख्य गरेर दुई वटा कम्पनी बढि प्रयोगमा आएको छन । एउटा अष्ट्रेलियन क्याटापुल्ट र अर्को कोरीयन । युरोपियन फुटबलमा क्याटापुल्टको प्रयोग बढि हुने गरेको छ ।

सेन्सर समावेश भएको डिभाइस भेष्टभित्र एक सानो पोर्ड हुनेछ। र पोर्डले खेलाडीको शारीरिक अवस्थाको सबै डेटा कम्प्युटरमा पठाउँदछ, फिटनेस प्रशिक्षक वा टिमको फिजियोले जिपिएस ट्रयाकरको मद्धतमा खेलाडीको नाडी दर, रक्तचाप, रक्त सञ्चाटर, विशिष्ट क्षेत्रमा खर्च गरेको समय देखाउँदै नक्सा निर्माण गर्न सक्दछन्। जसले हरेक खेलाडीको सवल र कमजोर पक्षको मूल्यांकन गर्न सहयोग पुग्ने देखिन्छ। धेरै व्यावसायिक र राष्ट्रिय टोलीहरूले ती सेवा प्रदायकसँग साझेदारीमा डिभाइस खरिद गरेर प्रयोगमा ल्याएका छन्।

खेलाडीको जीपीएस ट्रयाकिङ सिस्टम नेपाली फुटबलमा पनि नभित्रिएको होइन, तर प्रयोग गर्न जान्ने ब्यक्तिको कमि र उपयुक्त जानकार नहुँदा र ब्यवस्थापकले नै चासो नदिँदा यो प्रविधी भित्रिएको केहि समयमा नै प्रयोग विहिन बन्यो । करिव तीन बर्ष पहिले नेपाली राष्ट्रिय फुटबल खेलाडीलाई जीपीएसको प्रविधी प्रयोग गराइएको थियो । त्यो बेला अष्ट्रेलियन कम्पनी क्याटापुल्टको प्लेटेक डिभाइसको सिस्टमलाई नेपालमा ल्याइएको थियो । यो एउटा सफ्टवयर रहेको र बर्षेनी नविकरण गर्नुपर्ने हुन्छ । पहिलो पटक नेपालमा यो सिस्टम ल्याउँदा राष्ट्रिय टिममा पर्फमेन्स ट्रेनर रहेका बिवेक विक्रान्त अधिकारी आफ्नो अनुभव यसरी सुनाउछन ।

उनले राष्ट्रिय टिमका खेलाडीलाई जीपीएसको प्रविधी प्रयोगमा ल्याउदा खेलाडीको भावना तीन किसिमको पाइएको बताउछन । उनका अनुसार एक समुह आफ्नो प्रदर्शन कस्तो भयो, कतिको बढ्यो भनेर निकै उत्साहित भएर लगाउने, अर्को प्रयोगमा ल्याइएको छ लगाइदिउन भन्ने किसिमको र अर्को कतै तलमाथि भयो भने आफु राष्ट्रिय टिमबाट बाहिर हुने होकी भन्ने त्रास भएको देखिएको पाइएको थियो ।

याे प्रविधीका जानकार के भन्छन हेराै भिडियाेमा

अधिकारीले मोर्डन फुटबल अझैपनि नेपालमा नआइसकेको र यो प्रविधी प्रयोग गर्ने र बुझेको मानिस नै एन्फामा नभएको बताउछन । यदि एन्फामा नै यो प्रविधी बुझेको र इच्छुक भएको ब्यक्ति नभएको र प्रशिक्षकले पनि यो प्रविधिलाई बुझ्न नसकेको बताउछन ।

एन्फाले यो प्रविधी खरिद गरेपछि पछिल्लो तीन बर्षदेखि थन्किएको छ । त्यो बेला एन्फाले २० वटा पोडलाई दुई बर्षको समयका लागि ल्याएको थियो । यस्तै त्यो बेला २५ वटा प्रो स्टाइल गार्मेन्ट र दुई वटा चार्जर ल्याएको थियो । यसका लागि करिव १० लाख रुपैयाँ खर्च भएको थियो । यो सिस्टमलाई अपटेड र नविकरण गर्नुपर्ने भएकाले यसको समयसिमा सकिएपछि अहिले थन्किएको अवस्थामा छ ।

नेपाली फुटबल टिम यो प्रविधीलाई १२ औं साग र बंगबन्धु गोल्डकपको बेला प्रयोग गरेको थियो । यस्तै महिला टिमले पनि साफ च्याम्पियनसिपको तयारीका बेला प्रयोगमा ल्याएको थियो । त्यो नै अन्तिम प्रयोग थियो ।

अधिकारीका अनुसार यो सिस्टम नेपालमा चाहिएको भन्दा निकै चाँडो समयमा आएको बताउछन । त्यसैले पनि यो सिस्टमलाई खेलाडीमात्र होइन एन्फाको पदाधिकारीले नै मन नपराएको बताए । मोर्डन फुटबल बुझ्नेको कमीका कारण नै यस्तो भएको उनको भनाई छ ।

यो डिभाइसको सफ्टवयर नविकरण गर्दा एक पोर्डको ५० डलर तिर्नुपर्छ । तर पहिलो पटक प्रयोग गरेपछि अहिले यो डिभाइस नत नविकरण भएको न त प्रयोग नै ।

अब फेरी यो प्रविधी प्रयोग गर्ने समय नेपाली फुटबलमा कहिले आउछ भन्ने टुंगो छैन । बुझिए अनुसार अहिलेका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जीपीएस सिस्टमलाई प्रयोगमा ल्याउने एन्फालाई आग्रह गरेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey