Mega Bank

नेपाली फुटबल टिम मैत्रीपुर्ण खेल र विश्वकप छनाैटका लागि मंगलबार प्रस्थान गर्ने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०५
  • |
  • 316 पटक हेरिएको

इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टिम मे २५ तारिखका जाने भएको छ । कतार एयरवेजबाट नेपाली टिम दोहा हुँदै इराक जानेछ ।

नेपाल भन्दा निकै माथिको बरियतामा रहेको इराकसँग नेपालले मे २९ मा मैत्रीपुर्ण खेल खेल्नेछ । यो खेलपछि नेपाली टिम फिफा विश्वकप छनौटका लागि कुवेत प्रस्थान गर्नेछ । इराकसँगको खेल खेलेको अर्को दिन अर्थात मे ३० तारिखमा कुवेत प्रस्थान गर्नेछ ।

एन्फाले राष्ट्रिय फुटबल टिमका लागि अमेरीकी दुतावासले गरेको चार्टड फ्लाइटमा मिलाएर टिमलाई पठाउने भएको हो । मैत्रीपुर्ण खेल र विश्वकप छनौटका लागि राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मंगलबार २३ खेलाडीको टिम घोषणा गरेका थिए । जसमा ६ जना नयाँ अनुहार परेका छन ।

नेपालले घरेलु मैदानमा थ्री नेशन्स कपको उपाधि जित्दाको टिमका १३ खेलाडीलाई फालिएको छ । नेपालले विश्वकप छनौटमा जुन तीनमा चाइनीज ताइपेइ, जुन सातमा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाली टिम जुन १२ मा नेपाल फर्किनेछ ।

विश्वकप छनौटमा नेपालले खेलका पाँच खेलमा एक जित र चार हार ब्यहोरेको छ ।

नेपाली टिम :

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

भर्खरै

Advertisement