दिल्ली पुलिसले ओलम्पियन सुशीललाई पक्राउमा सहयोग गर्नेलाई पुरस्कारको घोषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०५
  • |
  • 373 पटक हेरिएको

भारतीय कुस्तीवाज सुशील कुमार हत्याको आरोपमा फसेपछि अहिले फरार अवस्थामा रहेका छन । उनको जमानको याचिकालाई पनि कोर्टले खारेज गरेको छ । हाल फरार अवस्थामा रहेका ओलम्पिक मेडलिष्ट पहलवान सुशील कुमारलाई पक्रिन सहयोग गर्ने ब्यक्तिलाई पुरस्कारको ब्यवस्थापनि गरिएको छ ।

दिल्ली पुलिसले सुशील कुमारलाई पक्राउ गर्न सहयोग गर्ने ब्यक्तिलाई ५० हजार देखि एक लाख रुपैयाँसम्मको इनाम राखेको छ । सशुील र अजय बाहेक अरु आरोपीविरुद्ध जमानत वारेन्टी जारी गरेको छ ।

यसका साथै दिल्ली पुलिसले सुशीलको पासपोर्टपछि जफत गरेको छ । उनको पासपोर्ट पुलिसले आफ्नो साथ नै राखेको छ । अब उनले देशका लागि यो आरोपबाट मुक्त नहुँदासम्म कुनैपनि प्रतियोगिता खेल्न नपाउने भएका छन ।

सुशीलमाथि जुनियर कुस्ती खेलाडी सागरको हत्या गरेको आरोप लागेको छ । उनी जुनीयर स्तरको च्याम्पियन खेलाडी थिए । तर सुशील नै उनको हत्या गरेको भन्ने पर्याप्त प्रमाण रहेको बताएको छ । दिल्ली पुलिसले सिसिटिभी फुटेजपनि फेला पारेको बताएको छ ।

के भएको थियो घटना

पुलिसका अनुसार चार मे को राती सवा एक बजे देखि साँढे एक बजेको विचमा छत्रसाल स्टेडियमको पार्किङ एरियामा कुस्ती खेलाडीको दुई वटा ग्यांगविच फाइट भएको थियो । यो दौरान फायरिङ पनि भएको थियो । जसमा पाँच जना पहलवान घाइते भएका थिए । जसमा २३ बर्षे सागर, ३७ बर्षे सोनू, २७ बर्षे अमित कुमार र दुई अरु पहलवान रहेका थिए ।

घाइते भएका सागरको उपचारका क्रममा निधन भएको थियो । घटनास्थलमा पुलिसले पाँच गाडीसँगै एउटा भरिएको बन्दुक र तीन कारतुत बरामत गरेको थियो ।

दिल्ली पुलिसले सुशील कुमारको यो घटनामा कस्तो भूमीका थियो भन्ने अनुसन्धान गरिरहेको बताए । यो घटनाको आरोपी अगाडी नआएको पुलिसले बताएको छ ।

दिल्ली पुलिसले सुशीललाई समात्का लागि सहयोग गर्ने ब्यक्तिलाई एक लाख रुपैयाँ इनाम दिने बताएको छ । यस्तै अजयलाई गिरफ्तार गर्नृ सहयोग गर्ने ब्यक्तिलाई पनि ५० हजार रुपैयाँ इनाम दिने बताएको छ ।

यसका साथै आरोपीको खोजीमा पुलिसले छापा पनि मारिरहेको छ । यता सुशीलले भने यो घटनामा आफ्नो कुनै संलग्नता नभएको बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey