तीन वटा सिरिजका लागि वेष्ट इन्डिजकाे १८ खेलाडीकाे घाेषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०४
  • |
  • 523 पटक हेरिएको

वेष्ट इन्डिज क्रिकेट बोर्डले अष्ट्रेलिया, दक्षिण अफ्रिका र पाकिस्तानविरुद्धको टी २० सिरिजका लागि १८ जनाको प्रारम्भिक खेलाडीको सूची सार्वजनिक गरेको छ ।

टिममा अघिकांश खेलाडी यसअघि श्रीलंकाविरुद्ध टी २० सिरिज जित्दाका खेलाडी रहेका छन ।

वेष्ट इन्डिजले सुरुवातमा दक्षिण अफ्रिकासँग टी २० सिरिज खेल्नेछ । यो सिरिज जुन २६ बाट सुरु हुनेछ ।

यो सुरुवाती खेलाडीबाट अन्तिम टिमको घोषणा गरेको छ । आसन्न टी २० विश्वकपलाई ध्यानमा राखेर वेष्ट इन्डिज बोर्डले खेलाडी बोलाएको हो ।

बोर्डले दक्षिण अफ्रिका, पाकिस्तान र अष्ट्रेलियासँगको सिरिज टी २० विश्वकपको तयारीका लागि निकै राम्रो हुने विश्वास राखेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey