Mega Bank

न्यूजिल्याण्डसँगकाे सिरिजका लागि इंग्ल्याण्ड टिमकाे घाेषणा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०४
  • |
  • 75 पटक हेरिएको

न्यूजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि इंग्ल्याण्डले आफ्नो टिमको घोषणा गरेको छ । १५ खेलाडीको टिममा दुई खेलाडी पहिलो पटक परेका छन । यस्तै क्रेइग ओभेरटोन करिव डेढ बर्षपछि कमब्याक गर्देछन ।

इंग्ल्याण्ड टिममा ओली रोबिनसोन र जेम्स बार्के पहिलो पटक परेका हुन । उनीहरुले न्यूजिल्याण्डविरुद्धको सिरिजमा टेष्टमा डेब्यु गर्ने भएका छन । जुन दुई तारिखबाट सुरु हुने टेष्ट सिरिजमा उनीहरुलाई काउन्टीमा गरेको प्रदर्शनका आधारमा राखेको बताइएको छ ।

रोबिनसोनले सुसेक्सका तर्फबाट २९ विकेट लिएका थिए । जसमा उनले ग्लामोर्गनसँग करियरकै उत्कृष्ट ७८ रन खर्चिएर नौ विकेट लिएका थिए ।

यस्तै सन् २०१९ को सेप्टेम्बरपछि ओभरटोनलाई पहिलो पटक टिममा राखिएको छ । सन् २०१९ मा भएको एसेस टेष्ट सिरिज खेलेपछि टिममा नपरेका उनी यो सिजनमा राम्रो गर्न सफल भएका थिए । जसमा उनले ३२ विकेट लिएका थिए ।

इंग्ल्याण्ड टिमः जोय रुट (कप्तान), रोरे बुर्नस, डोम सिब्ले, ज्याक क्राउली, जेम्स बार्के, डान लरेन्स, ओली पोप, बेन फोक्स, ज्याक लिच, ओली रोबिन्सन, क्रेग ओभरटोन, स्टुवार्ट ब्रोड, जेम्स एन्डरसन, ओली स्टोन, मार्क उड

 

भर्खरै

Advertisement