तौकते तुफानले मुम्बईको वानखडे स्टेडियममा क्षति

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०४
  • |
  • 523 पटक हेरिएको

अरब सागरबाट आएको तुफान तौकतेले अहिले भारतका विभिन्न शहरमा क्षति गरेको छ ।

उक्त तुफानका कारण नेपालको मौसममा पनि परिवर्तन ल्याएको छ भने हिमाल आरोहणका कार्य पनि स्थगित भयसकेका छन् । भारतको पश्चिमी सिममा सबैभन्दा बढी क्षति गरेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तौकतेका कारण मुम्बईको वानखडे स्टडियममा पनि क्षति पुगेको जनाइएको छ । सामाजिक सञ्जालमा पोस्ट भएका तस्वीरहरु अहिले भाइरल भइरहेका छन् ।

वानखडे स्टेडिमको साइडस्क्रिन तीब्र गतिको हावाका कारण झरेको छ । मुम्बई क्रिकेट संघका एक अधिकारीका अनुसार उत्तर तर्फको स्ट्याण्डको साइटस्क्रिन भुईमा खसेको छ । यो स्क्रिन सन् २०११ को विश्वकपका बेला पनि खसेका थियो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey