Mega Bank
Prabhu Bank

विश्व ब्याटमिन्टन महासंघ बेष्ट अफ फाइबकाे नियम ल्याउने तयारीमा

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०४
  • |
  • 142 पटक हेरिएको

विश्व ब्याटमिन्टन महासंघले हाल चलिरहेको तीन गेमको फरम्याटलाई प्रतिस्थापन गर्नका लागि शनिबार भोट गर्ने भएको छ ।

हाल विश्व ब्याटमिन्टनमा चलिरहेकौ तीन सेटको फरम्याटलाई प्रतिस्थापन गरेर बेष्ट अफ फाइवको सिस्टमलाई ल्याउनका लागि एजिएमबाट भोटिङ गरिने भएको छ । विश्व ब्याटमिन्टन महासंघको एजीएम शनिबार हुनेछ ।

विश्व ब्याटमिन्टन महासंघले सन् २०१४ मा पाँच सेटको अवधारणालाई ल्याएको थियो । तर त्यो बेला उसले पर्याप्त सपोर्ट पाएको थिएन । जसका कारण यो अवधारणा यतिकै रोकिएको थियो ।

तर अहिले ब्याटमिन्टको स्कोरिङ सिस्टममा परिवर्तन ल्याउनुपर्छ भन्दै इन्डोनेसिया ब्याटमिन्ट, माल्दिभ्स, कोरीया र चाइजीन ताइपेईलेपनि साथ दिने भएपछि बीडब्लुएफले फेरी यसलाई एजीएममा लिने भएको छ ।

उसले अब ब्याटमिन्टनमा रणनितीक योजनाहरु परिवर्तन गर्नुपर्ने र केहि नयाँ अवधारणालाई राख्ने बेला आएको बताएको छ । तर नयाँ सिस्टमलाई बीडब्लुएफले टोकियो ओलम्पिक पछिमात्र लागु गर्ने योजना बनाएको छ ।

भर्खरै

Advertisement