Mega Bank

डिभिलियर्सले सन्यास फिर्ता नलिने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०४
  • |
  • 77 पटक हेरिएको

आसन्न टी २० विश्वकप क्रिकेटका लागि एवी डिभिलियर्सले सन्यास फिर्ता नलिने भएका छन ।

दक्षिण अफ्रिकी क्रिकेट बोर्डले एवी डिभिलियर्सले सन्यास फिर्ता नलिने पक्का भएको बताएका छन । सन् २०१८ मा अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएका डिभिलियर्सले टी २० विश्वकपका लागि सन्यास फिर्तालिन सक्ने संभावना रहेको चर्चा चलेको थियो ।

उनले एकपछि अर्को सिरिजमा ब्यस्त भएको र परिवारलाई समय नमिलेको भन्दै सन्यास लिएका थिए । तर सन् २०२१ को इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण अफ्रिकी क्रिकेट टिमका प्रशिक्षक मार्क बाउचरले डिभिलियर्सलाई टिममा बोलाउनका लागि भरपुर प्रयास गर्ने बताएका थिए ।

त्यसपछि डिभिलियर्सले सन्यास फिर्ता लिने चर्चा चलेको थियो । यस्तैमा आइपीएलका बेला नै डिभिलियर्सले फेरी दक्षिण अफ्रिकाबाट खेल्ने चाहना रहेको बताएका थिए ।

डिभिलियर्सले खेलाडी हुँदा नै विभिन्न ब्यापारमा हात हालेका थिए । जसका कारण उनले समय ब्यवस्थापन गर्न कठिन रहेको बताउँदै आएका थिए । अहिलेपनि उनले ब्यापारमा नै ध्यान दिने बताएका छन ।

भर्खरै

Advertisement