विश्वकप छनाैटका लागि नेपाली फुटबल टिममा ब्यापक परिवर्तन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०४
  • |
  • 983 पटक हेरिएको

नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको मैत्रीपुर्ण खेलका साथ फिफा विश्वकप छनौटका लागि फाइनल टिमको घोषणा गरेका छन । २३ खेलाडीको नामावली सार्वजनिक हुँदा १३ जना खेलाडी परिवर्तन भएको छन । जसमा ६ जना खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका छन । प्रशिक्षक अब्दुल्लाहले तीन गोलकिपर, ६ जना डिफेन्डर, १० जना मिडफिल्डर, चार जना स्ट्राइकरलाई टिममा राखेका छन ।

प्रशिक्षक अब्दुल्लाहले पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षण सम्हाल्दा पहिलो पटक नै टिममा ब्यापक परिवर्तन गरेका छन । उनले अन्तिम २३ जनाको नामावली सार्वजनिक गर्दा थ्री नेशन्स कप खेलेका गुमाएका नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले टिममा कमब्याक गर्दा भरत खवास, दर्शन गुरुङ, रञ्जित धिमाल, निशान खड्का, रवी पासवानले टिममा स्थान बनाउन सकेनन् । ३२ खेलाडीको सूचीमा नै पाँच जना खेलाडीलाई परिवर्तन गरेका अब्दुल्लाहले २३ खेलाडीको सूचीमा कमल थापा, सुरज जिउ ठकुरी गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलकिपर विशाल सुनार पहिलो पटक टिममा परेका हुन ।

यसका साथै अब्दुल्लाहले आशिष लामा, सुमन लामा र पुजन उपरकोटीलाई यसपटक मौका दिएका छन भने विवेक बस्नेत, नितिन थापा, ससेहाङ आङदेम्बे र अमित तामाङले अन्तिम टिममा ठाँउ बनाउन सकेनन् ।

नेपाली टिमले मे २९ तारिखमा इराकसँग उसकै मैदानमा मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसपछि टिम कुवेतमा विश्वकप छनौटका लागि जानेछ । विश्वकप छनौटमा नेपाली टिमले जुन तीन तारिखमा चाइनीज ताइपेइसँग खेल्नेछ भने जुन सातमा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

यो भ्रमण कुवेती प्रशिक्षक अब्दुल्लाहका लागि पनि नेपाली टिमबाट पहिलो हुनेछ । उनले पहिलो भ्रमणमा नै टिममा ठूलो परिवर्तन ल्याएका छन । उनले नेपाली टिमको प्रशिक्षण सम्हालेका बेला नै नेपालको लक्ष्य साफ र एशियन कप भएकाले हामीले त्यसका लागि तयारी गर्नुपर्ने बताएका थिए । उनले आफ्नो टिममा फिट नभएका खेलाडीले मौका नपाउने बताइरहेका बेला अन्तिममा टिममा पनि त्यस्तै रिजल्ट देखाएका छन ।

यसका साथै खाडी मुलुमा खेल्न जाँदा विगतमा नेपाली टिमले राम्रो नतिजा निकाल्न नसकेको बेला यो पटक उनले ठूलो परिवर्तन गरेको हुनसक्ने स्रोतले बताएको छ ।


नेपाली टिम :

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey