कोरोनाका विचमा पनि पोखरा रंंगशालाको काम धमाधम

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०४
  • |
  • 288 पटक हेरिएको

कोभिड १९ को महामारीकाे दाेस्राे लहरले नेपालमा ठूलाे असर गरेकाे छ । देशका धेरै स्थानमा लकडाउन गरिएकाे छ भने खेलकुद गतिवधी ठप्प भएका छन । तर यस्तैमा पोखरा रंगशालाको फुटबल स्टेडियम निर्माणको काम रोकिएको छैन ।

भौतिकरुपमा ८५ प्रतिशत निर्माण कार्य सकिएको भनिएकाे रंगशालाकाे भिआइपी प्यारापिटतर्फकाे ट्रष्ट (छानो) हाल्ने काम साेमबारबाट सुरू भएकाे छ । ट्रष्ट राख्न १० दिन लाग्ने बताइएकाे छ । रंगशाला भित्र रहेका एक दर्जन शौचालयसँगै चेन्जिङ रुमतर्फको कामपनि जारी नै हरेकाे छ । काेभिडका कारण रंगशालामा काम गर्ने मजदुर २० जना खटिएका छन ।

पोखरा फुटबल स्टेडियमको दर्शक क्षमतालाई २० हजार पुर्याउने राखेपले जनाए पनि त्यो काम अघि बढ्न सकेको छैन । पोखरा रंगशलाको पूर्वतर्फ विल्डिङ सहित २ हजार २ सय र उत्तर दक्षिणतर्फ गरी एक हजार ३ सय सिट थपिने भएकाे छ ।

राखेप सदस्य राजेश कुमार गुरुङ पोखरा फुटबल स्टेडियमको काम समयमा सकिने बताउँदै अाएका छन । कोभिड लगायत अन्य कारणले निर्माणको काम केही ढिलाई देखिएको भएपनि राखेप यसलाई छिटो सक्ने कुरामा दृढ रहेको गुरुङको भनाई छ । उनले रंगशालाको सिट थप्ने कुरामा समेत योजना छिट्टै बन्ने बताए । उनले १३ औं सागमा निर्माण सम्पन्न हुन नसकेको निर्माणलाई पुरा गर्न राखेपले आफूलाई जिम्मा दिएको बताउँदै चाँडै नै नवौ राष्ट्रिय खेलकुद होस भन्ने चाहेको उनले बताए ।

१३ औं साग खेलकुदमा जसरी सवैको सहयोगले सफल रुपमा सम्पन्न भयो त्यही रुपमा नवौं राष्ट्रिय खेलकुद समेत सम्पन्न गर्न राखेपले तयारी गरिरहेको बारे आफ्ना भनाई राख्दै राखेप सदस्य गुरुङले दशै सम्ममा फुटबल स्टेडियमको निर्माण कार्यलाई पूर्णता दिने लक्ष्य रहेको बताए । यसका साथै पोखरा रंगशालामा स्विमिङ पुल लगायत अन्य पूर्वाधारको कामलाई समेत अव चाँडैनै शुरुवात गरी नवौ राष्ट्रिय खेलकुदको लागि पोखरा रंगशालाई तयारी अवस्थामा राख्ने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey