Mega Bank

पहिलो पटक भारतीय महिला र पुरुष क्रिकेटरले फ्लाइट सेयर गर्दै

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०४
  • |
  • 88 पटक हेरिएको

पहिलो पटक भारतको महिला र पुरुष टिमले एउटै उडानबाट अन्तर्राष्ट्रिय यात्रा गर्ने भएका छन् ।

पुरुष र महिला दुवै टिम जुन २ तारिखमा इंग्ल्याण्ड जान लागेका हुन् । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएकाले चाटर्ड फ्लाइटबाट भारतीय क्रिकेट बोर्ड बीसीसीआईले उनीहरुलाई इंग्ल्याण्ड पठाउन लागेको हो ।

भारतीय पुरुष टिमले जुन १८ देखि २२ तारिखसम्म न्यूजिल्याण्डसँग विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दै छ ।

यस्तै, भारतको महिला टिमले पनि इंग्ल्याण्डमा एक टेस्ट, तीन एक दिवसीय र टी २० म्याचको सिरिज खेल्दै छ । महिला टिमले १६ जुनदेखि ब्रिस्टलमा टेस्ट खेल्ने छ ।

भारतीय महिला टिमका खेलाडीहरुलाई बुधबारसम्म एकै ठाउँमा भेला हुन भनिएको छ भने उनीहरुलाई क्वारेन्टिनमा राखेपछि जुनमा इंग्ल्याण्ड पठाइने छ ।

भारतीय महिला टिमले सात बर्षपछि पहिलो टेस्ट क्रिकेट खेल्दै छ ।

भारतीय महिला टिमले सेप्टेम्बरमा अस्ट्रेलिया जाने सम्भावना रहेको पनि जनाइएको छ ।

तर, यस विषयमा क्रिकेट अस्ट्रेलियाले औपचारिकरुपमा पुष्टि भने गरेको छैन ।

भर्खरै

Advertisement