८९ बर्षको इतिहासमा पहिलो पटक भारतले तटस्थ स्थलमा टेस्ट खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०४
  • |
  • 566 पटक हेरिएको

भारत र न्यूजिल्याण्डबीच अर्को महिना विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल हुँदै छ । इंग्ल्याण्डमा हुन लागेको फाइनलमा यी दुई टिम उत्रदा ८९ बर्षको इतिहासमा पहिलो पटक तटस्थ भूमि (स्थल) मा टेस्ट खेल्ने छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले टेस्ट मान्यता दिएका १२ देशमध्य अहिलेसम्म २ देशले मात्रै तटस्थ भूमिमा टेस्ट खेलेका थिएनन् । यो लिस्टमा भारत र बंगलादेशसामेल छन् । अब भारतले इंग्ल्याण्डमा न्यूजिल्याण्डविरुद्धको टेस्ट खेलेसँगै बंगालदेश मात्रै तटस्थ भूमिमा टेस्ट नखेल्ने देश रहने छ  ।

भारत र न्यूजिल्याण्डबीचको फाइनल इंग्ल्याण्डको साउथह्यामप्टनमा १८ जुनदेखि शुरु हुदैंछ ।

पाकिस्तानमा सुरक्षा खतरा रहेको भन्दै एक दशकदेखि विदेशी टिममले युएई र श्रीलंकामा सिरिज खेलेका छन् ।  यसै कारण अधिकांश देशहरुले तटस्थ भूमिमा टेस्ट सिरिज खेलि सकेका छन् ।  न्यूजिल्याण्डले पनि सन् २०१४ देखि २०१८ सम्म तटस्थ भूमिमा ६ म्याच खेलेको छ जसमा तीनमा जित, दुईमा हार व्यहोरेको थियो ।

विश्व टेस्ट चैंपियनशिप

भारत र पाकिस्तानले सन् २००७ देखि कुनै पनि टेस्ट म्याच नखेलेकाले तटस्थ भूमिमा भारतले टेस्ट खेलेको थिएन ।

भारतलाई सन् १९९९ मा तटस्थ भूमिमा टेस्ट म्याच खेल्ने अबसर आएको थियो ।

तर, त्यतिबेला भारतीय टिम एशियाली टेस्ट च्याम्पियनसिपको फाइनलमै पुग्न असफल रहेको थियो ।

तटस्थ स्थलको रुपमा त्यतिबेला बंगलादेशको ढाका रहेको थियो । उक्त च्याम्पियनसिपको फाइनलमा पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey