Mega Bank

क्रिकेटर सन्दिपद्वारा कोरोनाविरुद्धको अभियान सुरु, तीन लाख रुपैयाँ सहयोग

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०३
  • |
  • 69 पटक हेरिएको

नेपालमा महामारीका रुपमा फैलिरहेको कोरोनाविरुद्ध लड्न नेपाली क्रिकेटर सन्दिप लामिछानले एउटा अभियान नै सुरु गरेका छन । जसमा सन्दिपले तीन लाख रुपैयाँ सुरु गरेका छन ।

सन्दिपले आफ्नो सोसियल मिडियामा उल्लेख गर्दै टिम सन्दिप लामिछाने अभियान सुरु गरेको र त्यसमा आफ्नो टिमको तर्फबाट तीन लाख रुपैयाँ सहयोग गरेको बताएका छन ।

यो अभियानबाट संकलन भएको रकम स्थानीय निकाय र प्रशासनको प्रत्यक्ष संलग्नतामा प्रभावित क्षेत्रमा सहयोग गरिने बताइएको छ । सन्दिपले सहयोग अभियानमा जोडिने सबैका लागि बैंकको विस्तृत जानकारी पनि दिएका छन ।

नेपालमा दैनिक नौ हजारको हाराहारीमा कोरोना संक्रमित भइरहेका छन । यसअघि पूर्व कप्तान पारस खड्काले पनि एउटा अभियानमा सहभागि हुन सबैलाई आग्रह गरेका थिए ।

उनले यो अभियानमा संकलन हुने रकमको सबै जानकारी दिने र पारदर्शी रुपमा सहयोग गर्नेको नाम र रकम सार्वजनिक गर्ने बताएका छन ।

सहयोग गर्न चाहनेका लागि बैंकको जानकारी

Bank Name: Century Commercial Bank Limited

Account Name: Sandeep Lamichhane

Account Number: 0170000353CA

Swift Code: CCBNNPKA

Branch: Putalisadak, Kathmandu

भर्खरै

Advertisement