श्रीलंकन खेलाडीले यसकारण सेन्ट्रल कन्ट्रयाक्टमा हस्ताक्षर गरेनन् 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०३
  • |
  • 315 पटक हेरिएको

श्रीलंकाले राष्ट्रिय क्रिकेटरहरुको पारिश्रमिकमा व्यापक कटौती गरेको छ । जसका कारण बोर्ड र खेलाडीबीच मतभेद पनि देखिएको छ । त्यहाँको क्रिकेट बोर्डले ३५ प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गरेको हो । यो सँगै कप्तान दिमुथ करुणारत्ने, एन्जेलो म्याथ्युज, सुरंगा लकमल र दिनेश चन्दीमल समेत सिनियर क्रिकेटरहरुले सेन्ट्रल कन्ट्रयाक्ट (केन्द्रीय सम्झौता) मा हस्ताक्षर गर्न मानेका छैनन् ।

खेलाडीहरुले सम्झौतामा हस्ताक्षर गर्न नमाने पछि अब हुने बंगलादेश भ्रमण पनि अन्यौलमा परेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । २३ मे देखि श्रीलंकाले तीन म्याचको एक दिवसीय सिरिज खेल्दै छ ।

नयाँ सम्झौता अनुसार विकेटकिपर निरोशन डिकवेला र धनञ्जय डी सिल्वालाई भने सवैभन्दा धेरै फाइदा भएको थियो । बोर्डले उनी दुई खेलाडीलाई शीर्ष वरियतामा पदोन्नति गरेको छ । यी दुई खेलाडीको बार्सिक पारिश्रमिक झण्डै त्यहाँको १ करोड ९६ लाख रुपैयाँ हुने छ । कोरोना महामारीका कारण खेलाडीको पारिश्रमिक घटाउन परेको बोर्डले जनाएको छ । खेलाडीहरुलाई समूह ए,बी, सी र डीमा विभाजन गरेर सन् २०२१–२०२२ को सम्झौता सार्वजनिक गरिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey