बीसीसीआईद्वारा कोरोना परिक्षणमा नै महिला र पुरुष खेलाडीमा भेदभाव !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०३
  • |
  • 416 पटक हेरिएको

भारतीय क्रिकेट बोर्ड बीसीसीआईमा लैंगिक विभेदको एउटा उदाहरण कोरोनाका बेला बाहिरीएको छ । बीसीसीआईले पुरुष र महिला खेलाड माथि गर्ने विभेदको एक उदाहरण हालै कोरोना परिक्षण गर्दाको बेला गरेको ब्यवहारबाट प्रष्ट भएको छ ।

बीसीसीआईले पुरुष क्रिकेटका खेलाडीको ठेगाना खोजी खोजी कोरोना परिक्षण गरेको छ । जसमा एक खेलाडीलाई तीन तीन पटक टेष्ट गरिरहेको छ । त्यहि महिला खेलाडीलाई भने आफै कोरोनाको रिपोर्ट लिएर आउन भनेको छ । बीसीसीआईले महिला खेलाडी आफैले कोरोना परिक्षण गरेर रिपोर्ट ल्याएपछिमात्र बायो बबलमा राख्ने भन्दै निर्देशन दिएको छ ।

महिला र पुरुष टिमलाई मे १९ बाट बायोबबलमा राख्ने योजना बीसीसीआईको छ । भारतीय पुरुष टिमले इंग्ल्याण्डमा दुई वटा सिरिज खेल्ने तालिका छन । जसमा वल्ड टेष्ट च्याम्पियनसिपको फाइनल र इंग्ल्याण्डसँग पाँच टेष्ट सिरिज रहेको छ।

यस्तै महिला टिमले जुन १६ बाट जुलाई १५ सम्म इंग्ल्याण्डसँग एक टेष्ट, तीन एकदिवसिय र तीन टी २० खेल्ने तालिका छ । पुरुष खेलाडीलाई बीसीसीआइले घरमा नै कोरोना परिक्षणको ब्यवस्था मिलाएको थियो भने महिला खेलाडीलाई भने आफैले परिक्षण गर्ने स्थानमा पुगेर गर्न भनेको थियो । जसका कारण टेष्ट गर्न जाँदा संक्रमण हुने खतरा रहेको एक खेलाडीले भारतीय सञ्चारमाध्यमलाई बताएकी छिन ।

बीसीसीआई यसअघि नै यदि बायोबबलमा हुँदा कुनैपनि खेलाडीलाई पोजेटिभ देखियो भने उसलाई टिमबाहिर राखिने बताइसकेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey