किरण फेरि आइलिगको उत्कृष्ट गोलकिपरको मनोनयनमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०३
  • |
  • 440 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भारतीय फुटबल प्रतियोगिता आई लिगको उत्कृष्ट गोलकिपरको मनोनयनमा परेका छन ।

यसअघि एएफसीको साताको उत्कृष्ट खेलाडी बनेका किरण आइलिगमा ‘फ्यान्स गोलकिपर अफ दी सिजन’ को मनोनयनमा परेका छन । समर्थकको भोटिङका आधारमा विजेता घोषणा गरिने यो मनोनयनमा परेका किरणले आइलिग पञ्जाव एफसीबाट खेलेका थिए ।

उनी नौ खेलमा क्लिनसिट रहेका थिए । उनीसँगै नेरोका एफसीका बिसोरजित सिंह, कस्मिर एफसीका मिथुन समन्ता, इन्डियन एरोजका अहान प्रकाश, दिल्ली एफसीका रक्षित डागार, ऐजावाल एफसीका लालाुमनसांगा र मोहमेदनका शुंभव रे मनोनयनमा परेका छन ।

किरणले प्रतियोगितामा खेलेका खेलमा ७६ प्रतिशत सट बचाएका थिए । त्यो भनेको उनले कुल ६५ वटा विपक्षीको प्रहारलाई बचाएका थिए । आइ लिगपछि स्वदेश फर्किएका किरणले थ्री नेशन्स कपको उपाधि जितेका थिए भने नेपाल सुपर लिगमा कप्तानी गर्दै टिमलाई फाइनलमा पुर्याएका थिए ।

किरण यसअघि आइ लिगको उत्कृष्ट खेलाडी बनेका थिए । उनले गोल्डेन ग्लोब्सपनि पाएका थिए । त्यो भन्दा अगाडी सन् २०१८ मा उनी माल्दिभ्सको लिगमा पनि सर्वोत्कृष्ट गोलकिपर बनेका थिए ।

जसमा फाइनलमा धनगढी एफसी काठमाडौं रेजर्ससँग पराजित भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey