आमीरले पाकिस्तानी क्रिकेटलाई ‘ब्ल्याकमेल’ गर्न खोजेको आरोप

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०३
  • |
  • 416 पटक हेरिएको

पाकिस्तानी क्रिकेट टिमका पूर्व खेलाडी दिनेश कनेरीयाले तिब्र गतिका बलर मोहम्मद आमीरले पाकिस्तानी क्रिकेटलाई ब्ल्याकमेल गर्न खोजेको आरोप लगाएका छन ।

पूर्व स्पिनर दिनेशले मोहम्मद आमीरले पछिल्लो पटक पाकिस्तानी क्रिकेटको ब्यवस्थापनका कारण सन्यास लिनुपर्ने अवस्था आएको भन्ने अभिब्यक्तिमा प्रतिक्रिया दिँदै उनले आमीरको यो पुर्ण रुपमा ब्ल्याकमेल भएको बताएका छन ।

स्पोट फिक्सिङको घटनाबाट पाकिस्तान क्रिकेटले उनलाई फेरी सक्रिय खेल जीवनमा ल्याउनका लागि ठूलो सहयोग गरेको भएपनि अहिले आमीरले यस्तै भन्नु गलत भएको धारणा दिनेशको रहेको छ ।

उनले पाकिस्तान छोडेर इंग्ल्याण्डमा बसाई सर्नु र इन्डियन प्रिमियर लिग खेल्ने मनसाय राख्नेमा उनको मानसिकता के छ भन्ने प्रष्ट हुने दिनेशले बताए ।

पाकिस्तानी क्रिकेट बोर्डले उनलाई फेरी क्रिकेटमा मौका दिँदा गरेको सहयोग बिर्सन नहुने र पछिल्लो डेढ बर्षमा उनको प्रदर्शन नै जिरो भएको बताए । साथै उनले च्याम्पियन्स ट्रफीमा भने उनले निकै राम्रो प्रदर्शन गरेको भन्दै तारिफ पनि गरे । तर त्यसपछि उनको प्रदर्शन खस्किदै गएको दिनेशले बताए ।

पाकिस्तान क्रिकेट बोर्डले आमीरको प्रदर्शन खस्किएपछि उनलाई टिमबाट बाहिर राखेको र त्यसपछि उनले बोर्डको आलोचना गर्न सुरु गरेको बताएका छन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal