पीएसएल आबुधावीमा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०३
  • |
  • 271 पटक हेरिएको

पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेल संयुक्त अरब इमिरेट्सकाे आबुधावीमा हुने भएको छ ।

पाकिस्तान अखबार दी नेशनका अनुसार गत मार्चमा काेराेनाका कारण स्थगित भएकाे पीएसएलका खेलहरू आबुधाबीमा हुने भएका छन । पछिल्लाे पटक पाकिस्तानमा कोभिड-१९ को संक्रमणमा पर्नेको संख्यामा वृद्धी भएपछि पाकिस्तान क्रिकेट बाेर्डले पीएसएल यूएईमा सार्ने निर्णय गरेकाे हाे । जसमा इमिरेट्स क्रिकेट बाेर्ड र आबुधावी क्रिकेटपनि राजि भएका छन ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पीएसएल जुन २० भित्र सक्ने बताइएकाे छ । किनकी जुलाईको पहिलो साता पाकिस्तानी टिमले इंल्याण्डकाे भ्रमणमा जानेछ ।

केहि महिना अगाडी पीएसएल खेल्ने खेलाडीलाई नै काेराेना स‌ङ्क्रमण देखिएपछि १४ खेल हुँदा पीएसएल स्थगित भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey