Mega Bank

खेलकुदमन्त्री दावा तामाङकाे सपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०२
  • |
  • 263 पटक हेरिएको

नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री दावा तामाङले लिएको सपथविरुद्ध पनि सर्वोच्च अदालतमा रिट परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशको ४३ औं प्रधानमन्त्रीको रुपमा सपथ लिँदा सपथको केही बाक्यांश उच्चारण गरेका थिएनन् । राष्ट्रपतिले सपथ खुवाउँदा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण गर्न लगाउँदा प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्ने जवाफ दिएका थिए भने राष्ट्रपति भण्डारी ‘ही ही’ गरेकी थिइन् ।

सोही विषयलाई लिएर आइतबार सर्वोच्च अदालतमा प्रधानमन्त्रीलाई विपक्षी बनाएर रिट दायर बनाइएको छ । सँगसँगै अरु सात जना मन्त्रीविरुद्ध पनि रिट दायर भएको छ । सात मन्त्रीहरुका विषयमा गैर सांसदलाई किन मन्त्री बनाइएको भन्दै रिट दायर भएको हो ।

वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र अधिवक्ता लोकेन्द्र ओलीले आज दिएको निवेदनमा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कुन कानूनअनुसार हो भन्ने खुलाउन माग गरिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य र आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकूदमन्त्री दावा तामाङलगायतलाई विपक्षी बनाइएको छ ।

निवेदनमा प्रधानमन्त्री ओलीले लिएको शपथमा केही शब्द उच्चारण नहुनु गैरसंवैधानिक भएको जनाउँदै आफूअनुकूल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न नमिल्ने जिकिर गरिएको छ ।

निवेदनमा संघीय संसद्का सदस्य नै नभएका तर मन्त्रीको रुपमा शपथ लिनभएका सात जनाको नियुक्ति अन्तरिम आदेशद्वारा बदर गर्नसमेत माग गरिएको छ ।

गैर सांसद तामाङले गत पुस १० गते युवा तथा खेलकुदमन्त्रीको सपथ लिएका थिए । संविधान अनुसार गैर सांसद मन्त्री बन्न पाउने व्यवस्था भए पनि ६ महिना भित्र संघीय संसदको दुई सदन मध्य कुनै एकको सदस्य हुनुपर्ने प्रावधान रहेको छ ।

अन्यथा ६ महिना पुगेको दिन स्वतः पदमुक्त हुने व्यवस्था छ । यदि प्रधानमन्त्री ओली पदमुक्त नभएर यही सरकार निरन्तर रहेको भए यी मन्त्रीको पद आगामी दश गते सकिने थियो ।

तर, ओलीले शुक्रबार पुनः प्रधानमन्त्री पदको सपथ लिएको र पुरानै मन्त्रीहरुलाई निरन्तरता दिएकाले तामाङले फेरि सपथ लिएका हुन् । संविधान अनुसार एक पटक मन्त्री भइसकेको व्यक्ति दुई सदन मध्य कुनै एक सदनको सदस्य हुन नसकेमा सो संसदको कार्यकालभरी पुनः मन्त्री हुन पाइदैन ।

भर्खरै

Advertisement