प्रशिक्षक अब्दुल्लाहकाे रणनीति युवा खेलाडीलाई मौका, एनएसएल च्याम्पियनका खेलाडी परेनन् !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०२
  • |
  • 1163 पटक हेरिएको

फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको पहिलो संस्करण विभिन्न अड चन आएपनि सफल रुपमा सम्पन्न भएको छ । यो प्रतियोगिताले केहि युवा खेलाडीलाई आफ्नो क्षमता देखाउने निकै राम्रो थलो बन्यो ।

नेपालमा पहिलो पटक आयोजना भएको एनएसएलको प्रदर्शनका आधारमा नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अबको टिममा ब्यापक परिवर्तन गरेका छन ।

नेपालका लागि पहिलो पटक मुख्य प्रशिक्षक बनेका अब्दुल्लाहले नेपाल सुपर लिगलाई निकै नजिकबाट नियाले । उनले हरेक खेलमा पुगेर खेलहरु हेरे, त्यसमा उनको नजरमा केहि युवा खेलाडीले राम्रो छाप बनाउन सफल पनि भए । जसका कारण पहिलो चरणमा बोलाइएका खेलाडीको सूचीमा नभएका केहि खेलाडी अहिले राष्ट्रिय टिमको क्याम्पमा बोलाइएको छ ।

प्रशिक्षक अब्दुल्लाहले नेपाल सुपर लिगले आफुलाई हिरा दिएको बताएका छन । हुनपनि एनएसएलपछि अब्दुल्लाहले हाल क्याम्पमा रहेका खेलाडीको सूचीमा ब्यापक परिवर्तन गर्ने बताएका थिए । प्रशिक्षक नियुक्त भएको पहिलो दिनबाट नै आफ्नो टिममा पुर्ण रुपमा फिट खेलाडीले मात्र स्थान पाउने र सबैले आफ्नो पोजिनसको लागि लड्नुपर्ने बताएको अब्दुल्लाहले अहिले आएर पहिलो चरणमा यसअघि बोलाइएका ३२ खेलाडीमा पनि परिवर्तन गरेका छन् ।

हाल विश्वकप छनौट र इराकविरुद्धको मैत्रीपुर्ण खेलका लागि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीको सूचीमा पाँच नयाँ खेलाडीलाई राखिएकाे छ । जसका अर्थ उनले अनुभवी तथा फिट नभएका केहि सिनियर खेलाडीलाई क्याम्पमा नराख्ने योजना बनाएका छन् ।

अब्दुल्लाहको नजरमा रहेका सुरज जिउ ठकुरी, आयुष घलान, कमल थापा यसअघि नै क्याम्पमा बोलाइ सकिएको छ । तर दोस्रो सूची सार्वजनिक हुँदा यसअघि ३२ खेलाडीको सूचीमा रहेका केहि अनुभवी खेलाडी टिम बाहिर भएका छन् ।

कोरोना महामारीका कारण अखिल नेपाल फुटबल संघले यो पटक ए डिभिजन लिग सञ्चालन गरेन । त्यसैले सुपर लिग खेलाडी छनोटको आधार बनेको छ । उनले केही पुराना खेलाडीलाई भने राष्ट्रिय टिममा स्थान नदिने प्रष्ट पारेका छन् ।

प्रशिक्षक अब्दुल्लाहले ३२ जनामा यसअघि बोलाएका केहि खेलाडीलाई हटाएका छन् । जसमा एनएसएल च्याम्पियन टोलीका कप्तान एवं गोलरक्षक विकेश कुथुसँगै तेज तामाङ, संजोक राई, छिरिङ गुरुङ र त्रिदेव गुरुङ टोलीबाट हटाएका छन्। प्रशिक्षकले एनएसएल च्याम्पियन टिम काठमाडाैं रेजर्सका कुनैपनि खेलाडीलाइ क्याम्पमा राखेका छैनन् ।

पाँच खेलाडी पहिलो पटक बन्द प्रशिक्षणमा राखिएकाे छ । जसमा कमल, सुरज, आयुष घलानबाहेक गौतम श्रेष्ठ, र मनिष डाँगीलाइ पहिलो पटक बन्द प्रशिक्षणमा स्थान दिइएकाे छ । चाेटका कारण सुजल श्रेष्ठले नखेल्ने यसअघि नै पक्का थियाे भने अजित भण्डारीपनि टिममा छैनन् । यस्तै चाेटकै कारण एनएसएल गुमाएका त्रिदेव गुरूङ प्रशिक्षणमा फर्किदा छिरिङ गुरूङ बाहिरीएका छन् ।

राष्ट्रिय टोलीको ३२ सदस्यीय बन्द प्रशिक्षण :

गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

डिफेन्डर : रोहित चन्द, निशान खड्का, अमित तामाङ, अनन्त तामाङ, रजिन धिमाल, दीनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, नितिन थापा, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत, रवी पासवान

फरवार्ड : भरत खवास, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट, आशिष लामा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey