ब्याजसहित असुलेकाे काठमाडाैंकाे त्याे जित…

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०१
  • |
  • 510 पटक हेरिएको

काठमाडौं रेजर्सले उपाधि जितेसँगै नेपाल सुपर लिगको पहिलो संस्करण सम्पन्न भएको छ । कोभिडका विचपनि आयोजना भएको प्रतियोगिता सफल रुपमा पुरा भयो । प्रतियोगिता सुरु भएको दोस्रो दिनबाट नै कोभिडका कारण दर्शकविना नै आयोजना भएको पुरै प्रतियोगितामा खेलाडी र आयोजकले दर्शकलाई भने निकै मिस गरे । तरपनि मैदानमा यो प्रतियोगितामा केहि राम्रा क्षणहरु बने ।

अन्तिममा फाइनलमा उत्रिएका थिए धनगढी र काठमाडौं । दुबै टिमले फाइनलमा जुन नतिजा हात पारे, त्यसमा आफैमा पनि केहि रोचक तथ्य बन्यो ।

प्रतियोगितामा काठमाडौंले पहिलो खेलमा जित निकालेर विजयी सुरुवात गरेको थियो भने अन्तिम खेलमा पनि जित निकाल्यो । यतिमात्र होइन लिग चरणको अन्तिम खेलमा पनि काठमाडौंले चितवनलाई हराएको थियो ।

यता धनगढीले पहिलो खेलमा विराटनगरसँग तीन शुन्यको हार ब्यहोरेको उसल लिग चरणको अन्तिम खेलमा पनि बुटवल लुम्बिनी एफसीसँग एक शुन्यले हारेको थियो । यस्तै उसको हार लिगको फाइनल अर्थात अन्तिम खेलमा पनि भयो ।

यो प्रतियोगितामा सुरुवात राम्रो गरेपछि विचमा काठमाडौं केहि लडखडाएको थियो । लिगको दोस्रो खेलमा नै धनगढीसँग तीन शुन्यले हारेको काठमाडौंले विस्तारै आफ्नो लयलाई समात्न सफल भयो ।

उसलेस विराटनगरविरुद्धको खेलमा पाँच चारको जित निकाल्दाको खेल उसको अहिलेसम्मकै उत्कृष्ट खेलका रुपमा रह्यो । लिग चरणमा ६ खेलमा चार जित एक बराबरी र एक हार ब्यहोरेको उसले प्लेअफमा पनि धनगढीसँग नै पराजित भएको थियो । तर त्यसको हिसाव उसले फाइनलमा ब्याजसहित असुल गर्न सफल भयो ।

फाइनल खेल अगाडी प्रशिक्षक बालगोपाल महर्जनले भनेको कुरा सत्यपनि भएको छ । उनले एनएसएलको उपाधि काठमाडौंमा नै राख्ने भनेर आत्मविश्वास देखाएका थिए । जुन फाइनलमा देखियो पनि ।

समग्रमा नेपाल सुपर लिग सफल रुपमा सम्पन्न भएको छ । यो संस्करणमा जुन कमिकमजोरीहरु भए, त्यो अर्को सिजनमा सुधारेर अझ भब्य रुपमा गर्ने बाचाका साथ सकिएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal