Mega Bank

एनएसएल फाइनलः मेसाैकेकाे गाेलमा काठमाडाैं पहिलाे हाफमा १-० ले अगाडि

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०१
  • |
  • 289 पटक हेरिएको

नेपाल सुपर लिगको उपाधिका लागि अहिले काठमाडौं रेजर्स र धनगढी एफसीविच प्रतिस्पर्धा भइरहेको छ । पहिलो हाफ सकिँदा काठमाडौंले एक शुन्यको अग्रता बनायो ।

दशरथ रंगशालामा जारी खेलेको सुरुवाती २० मिनेटमा दुबै टिमले डरलाग्दो आक्रमण बनाउन सकेनन् ।

दुबैले केहि मौका पाएपछि सबै प्रहार पोष्ट भन्दा निकै बाहिर रहे ।

खेलको २१ औं मिनेटमा काठमाडौंका विदेशी स्ट्राइकर मेसुके ओलोमोउको गोलमार्फत काठमाडौंले अग्रता बनाएको हो ।

मध्यभागबाट धनगढीका विशाल राईसँग बल खोस्दै काठमाडौंका विश्वास श्रेष्ठले मिलाइदिएको पासमा मोसुकेले राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङलाई छक्याउँदै उत्कृष्ट फिनिसिङ गरे ।

मेसुकेले जारी प्रतियोगितामा आफ्नो गोलसंख्या ८ बनाएका छन् । उनी प्रतियोगिताकै सर्बाधिक गोलकर्ता पनि हुन् ।

खेलको २९ औं मिनेटमा मेसौकेको फ्रिकिक प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । ३० औं मिनेटमा छिरिङ गुरुङले पाएको बललाई प्रहार गर्दा पोष्टमा रहन सकेन ।

पहिलो हाफको इन्जूरी समयमा तेज तामाङको पासमा मेसुकेकै अर्को उत्कृष्ट प्रहार गोलरक्षक चेम्जोङले शानदार बचाउ गरेपछि काठमाडौं अग्रता दोब्बर पार्न चुकेको थियो ।

भर्खरै

Advertisement