Mega Bank
Prabhu Bank

नेशनल क्रिकेट एकेडेमी फेरि शुरु गर्ने क्यानको योजना कहाँ पुग्याे ?

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-०२
  • |
  • 155 पटक हेरिएको

युवा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ मा नेपाल क्रिकेट संघ क्यानले नेशनल क्रिकेट एकेडेमीको स्थापना गरेको थियो । तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दशानायकेको योजना अनुसार एकेडेमीको उद्घाटनपनि गरिएको थियो । तर त्यो एकेडेमी आर्थिक अभावका कारण करिब दुई बर्षपछि बन्द हुन पुग्यो । सो एकेडेमीले १८ बर्षमुनिबाट ट्यालेन्ट हन्ट गरेर दुई ब्याचमा खेलाडीलाई उत्पादन पनि गरेको थियो ।

तर समयसँगै आर्थिक समस्या भए पनि अन्तिममा बन्द भएको एनसीएलाई फेरि क्यानले सुरु गर्ने योजना बनाएको छ । यसका लागि केही महिना अगाडि क्यानको कार्यसमितीको बैठकले सदस्य दुर्गाराज पाठकको संयोजकत्वमा एक समिति पनि बनाएको थियो । तर त्यो समितिले अहिलेसम्म के काम गरिरहेको छ र एनसीएलाई फेरि सुरु गर्नका लागि के काम भइरहेको छ भन्नेकुरा सार्वजनिक भएको छैन ।

यो विषयमा हामीले सदस्य तथा संयोजक पाठकसँग कुरा गर्दा योजना सहितको डकुमेन्ट बोर्डमा गइसकेको बताए । उनले अहिलेलाई पाँच बर्षको योजना राखेर काम गर्ने उनले बताए । साथै उनले अब एनसीए शुरु हुँदा आर्थिक अभाव नहुने गरेर सरकारबाट र निजी क्षेत्रबाट लामो समयका लागि रकम जुटाउन पहल भइरहेको समेत बताए ।

यसका साथै अरु निजी स्तरका क्रिकेट एकेडेमीको ब्यवस्थापनका विषयमा पनि नीति र नियम ल्याउने तयारी भइरहेको उनको भनाई छ । निजी स्तरबाट चलिरहेका एकेडेमी भन्दा फरक तरिकाले एनसीएलाई चलाउने र यसका लागि उपयुक्त ठाँउको पनि खोजि भइरहेको उनले बताए ।

हेरौ के भन्छन् , एनसीएका विषयमा क्यानका सदस्य तथा संयोजक दुर्गाराज पाठक

 

भर्खरै

Advertisement