‘नेपाली टिमको लक्ष्य साफ र एशियन कप हो, जसको तयारीमा अहिलेबाट सुरु’-भिडियाे रिपाेर्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०१
  • |
  • 501 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमले करीव ६ महिनापछि विदेशी भूमीमा मैत्रीपुर्ण खेल खेल्दैछ । यस्तै कोभिडका कारण बारम्बार स्थगित भएको फिफा विश्वकप छनौटका लागि पनि नेपाली टिमले तयारी सुरु गरेको छ ।

नेपालले अन्तिम पटक सन् २०१९ मा भुटानमा फिफा विश्वकप छनौट अन्तर्गत कुवेतविरुद्ध खेल्दाको टिम र अहिलेको टिममा निकै फरक आइसकेको छ । त्यो बेलाका प्रशिक्षक योहान कालिन अहिले टिममा छैनन् भने केहि खेलाडीपनि यो पटक टिममा छैनन् ।

यतिमात्र होइन, यो पटक राष्ट्रिय फुटबल टिम नयाँ प्रशिक्षकको हातमा रहेको छ । इराकसँगको मैत्रीपुर्ण खेल र विश्वकप छनौटका लागि केहि दिन देखि प्रशिक्षणमा रहेको नेपाली फुटबल टिमका प्रशिक्षकले खेलाडीका बारेमा के भने हेरौ भिडियो रिपोर्टमा

नेपाल फुटबल टिमले मैत्रीपुर्ण खेलपछि इराकबाट नै कुवेत जानेछ । यसका लागि एन्फाले विमान चार्टड गर्ने ब्यवस्था मिलाइरहेको छ । नेपालले मे २९ मा इराकसँग मैत्रीपुर्ण खेल खेल्नेछ भने त्यसपछि कुवेतमा फिफा विश्वकप छनौट खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey